Health TV Online
Health TV Online
Health TV Online

नेपाली सेनाले माग्याे ५० जना सैन्य मेडिकल

नेपाली सेनाले माग्याे ५० जना सैन्य मेडिकल

काठमाडौं : नेपाली सेनाले ५० जना सैन्य मेडिकल माग गरेको छ। भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले मंगलबार सूचना प्रकाशन गरी आवेदन खुला गरेको हो।

मागिएका ५० मध्ये २७ जना खुलातर्फको हो। समावेशीतर्फ पाँच महिला, सात आदिवासी जनजाति, ६ मधेशी, तीन दलित एक पिछडिएको र एक शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका सैनिकका सन्तान माग गरिएको छ।

आवेदन दिनेहरूकाे औपचारिक याेग्यता कक्षा ८ ताेकिएकाे छ। ९ र १० उत्तीर्ण हुनेहरूले कक्षा ८ को प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने र एसईई वा सोभन्दा माथि उत्तीर्ण भएकाले कक्षा ८ को प्रमाणपत्र पेश गर्न नपर्ने बताइएको छ। यसैगरी मान्यताप्राप्त शिक्षणसंस्थाबाट सीएमए, एएनएम, एएएचडब्ल्यु, डेन्टल हाइजेनिस्ट, ल्याब असिस्टेन्ट, रेडियोग्राफीमा टी एसएलसी गरेको हुनुपर्ने उल्लेख छ।

जेठ २ गतेसम्म आवेदन दिन सकिने नेपाली सेनाद्वारा प्रकाशित सूचनामा उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार