बाँकेमा रगतकाे माग बढ्याे
राँझा : बाँकेका अस्पतालमा रगतको माग बढेको छ। जिल्लामा सञ्चालित अस्पतालहरूमा आउने बिरामीको सङ्ख्या बढेसँगै अहिले दैनिक सरदर ४० देखि ४५ पिन्टसम्मको रगत माग हुने गरेको नेपाल रेडक्रस क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ ।
दैनिकरूपमा नेपालगञ्जबाट २५ देखि ३० र कोहलपुरबाट १५ देखि २० पिन्ट रगत माग हुने गरेको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए। साबिकको मध्य तथा सुदूरपश्चिमका जिल्लाबाट उपचारका लागि यहाँ बिरामी आउने गर्छन् ।
सबभन्दा धेरै भेरी अञ्चल अस्पताल, शिक्षण अस्पताल नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा रगतको खपत हुने गरेको प्रमुख रेग्मीले बताए। नेपालगञ्जमा ठूला–साना गरी करिब २४ अस्पताल सञ्चालनमा छन्।
रक्त सञ्चार केन्द्रले मागअनुसार रगतको सङ्कलन पनि बढाउँदै लगेको छ। दैनिक आठ देखि नौ सय पिन्टसम्म रगत मौज्दात हुने गरेको प्रमुख रेग्मीले बताए। रक्त सञ्चार केन्द्रमा जम्मा भएको रगत ३५ दिनभित्रै प्रयोग गरिसक्नुपर्ने भएकाले धेरै सङ्कलन गर्नुभन्दा पनि नियमित गर्नेतर्फ आफूहरुको ध्यान हुने गरेको उनको भनाइ छ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स