६ बुँदे घोषणापत्र जारी गर्दै स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको पाँचौं शिखर सम्मेलन सम्पन्न
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको पाँचौं शिखर सम्मेलन शुक्रबार ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। ‘संघीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान ‘भन्ने नाराका साथ नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा बुधबारदेखि शुरु भएको सम्मेलनमा १ हजार भन्दा बढी वैज्ञानिकहरुको सहभागिता थियो।
सम्मेलनको समापन समारोहमा परिषदका अध्यक्ष प्रा. डा. अन्जनी कुमार झाले यसपटकको सम्मेलन केही विशेष भएको भन्दै सम्मेलनमा उठेका तथ्य एवम अनुसन्धानलाई यसै नछोडी छ साता भित्र सरकारलाई नीति तथा कार्यक्रम बनाउनका लागि हस्तान्तरण गरिने बताए । उनले भने, ‘आज सम्मेलन सकियो हाम्रो काम पनि सकियो भन्ने होइन, हामी निरन्तर फलोअपमा हुन्छौं। र सबै अनुसन्धानका परिणाम सरकारलाई बुझाउँछौं।’
सम्मेलनमा स्वास्थ्य बीमा,बाल स्वास्थ्य, मानसिक स्वास्थ्य लगायतका विविध विषयका १ सय ४ वटा पोस्टर र ३३ वटा मौखिक प्रस्तुतीकरण भएका थिए । सम्मेलनमा परिषदको जर्नलमा प्रकाशित लेख मध्ये उत्कृष्ट लेख अवार्ड मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले प्राप्त गरे । यसैगरी हेल्थ रिसर्च लाइफ टाइम अचिभमेन्ट अवार्डबाट प्रा. डा. शिवकुमार सम्मानित भएका थिए ।

यसैगरी उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार डा शमशुल अन्सारी, ‘मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार’ डा. प्रनिलमान सिंह प्रधान, परिषदका कर्मचारीलाई प्रदान गरिने ‘मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार’ परिषदकै कर्मचारी विहंगम विष्टले प्राप्त गरे।

पोस्टरतर्फ उत्कृष्ट अवार्ड डा. निशा झाले प्राप्त गरिन भने पोस्टर प्रस्तुतीकरणमा पुष्करचन्द्र ठकुरीले अवार्ड हात पारे । यस वर्षको इम्प्लोई अफ द इअर अर्थात उत्कृष्ट काम गर्ने कर्मचारी प्रदीप बेलबासेले बेष्ट पर्फमेन्स अवार्ड पाए । सम्मेलनमा वक्ताहरुले स्वास्थ्य क्षेत्रको विकासका लागि अनुसन्धान बढाउँदै लानुपर्नेमा जोड दिएका थिए।








अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’