चिकित्सकका जायज माग पूरा गर्न सरकार तयार छ: मन्त्री बास्कोटा
काठमाडौं : सरकारका प्रवक्ता एवम सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले चिकित्सकका जायज माग पुरा गर्न सरकार तयार रहेको बताएका छन्। त्यसका लागि उनले पहिले चिकित्सकहरु आन्दोलन बन्द गरेर आउनुपर्ने बताए।
बिहिबार सिंहदबारमा मन्त्रिपरिषदको निर्णय सुनाउन गरिएको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफमा मन्त्री बास्कोटाले सो कुरा बताएका हुन्।उनले स्वास्थ्य प्राविधिक विषय भएकाले त्रुटी भएको हुनसक्ने भन्दै त्यसको समाधान खोजिने पनि जानकारी दिए । उनले भने, ‘एकै पटक ठूलो संख्यामा कर्मचारी समायोजन गर्दा केही समस्या र त्रुटी देखिनसकछ केही त्रुटि भए त्यसलाई सरकारले सुधार्न पनि तयार नै छ।’
मन्त्री बास्कोटाले चिकित्सकहरु प्राविधिक कर्मचारी भएकाले पनि सरकार त्यसमा अझ गम्भीर रहेको भन्दै चिकित्सकहरुले पनि आफनो मर्यादा बिर्सन नहुने बताए ।
समस्या समाधान गर्न सरकार तयार हुँदाहुँदै पनि चिकित्सकहरु आन्दोलित भएको बुझाइ सरकारको छ, उनले भने। । मन्त्री बास्कोटाले भने, ‘चिकित्सकहरुले सेतो कोट लगाएका हामी विशेष हौं । हामी जहाँ छौं । त्यहीँ बिरामी उपचार गर्न आउँछन् भन्ने कुरा बुझेका भए त्यो मान्य हुँदैन।’
उनले चिकित्सकहरुले उठाउँदै आएको बृत्ति विकास,अध्ययनको कुरामा सरकार गम्भीर भएको र समस्या समाधान गर्ने बताए । उनले आन्दोलनरत चिकित्सकसँग वार्ता हुने र समस्याको समाधान छिटै निस्कने बताए ।
कर्मचारी समायोजनमा असन्तुष्टी जनाउँदै सरकारी चिकित्सकहरु एक सातादेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्दै आन्दोलनमा छन्। जसले गर्दा बिरामी मारमा परेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’