Health TV Online
Health TV Online
Health TV Online

‘हामी खल्तीमा राजीनामा बोकेर आन्दोलनमा उत्रिएका छौँ, मन्त्रीज्यू निलम्बन गर्ने चेतावनी दिँदै हुनुहुन्छ’

‘हामी खल्तीमा राजीनामा बोकेर आन्दोलनमा उत्रिएका छौँ, मन्त्रीज्यू निलम्बन गर्ने चेतावनी दिँदै हुनुहुन्छ’

काठमाडौं : सरकारी चिकित्सकहरूले आफूहरूलाई कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा भएको कार्यक्रममा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आनदोलनरत चिकित्सिकहरूलाई कारबाही गर्ने चेतावनी दिएलगत्तै  सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले यस्तो प्रतिक्रिया दिएको हो।

हेल्थटिभी अनलाइनसँग कुरा गर्दै गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले आफूहरूलाई निलम्बनमा पर्ने डर नरहेको बताए। ‘हामी १४०० सरकारी चिकित्सक खल्तीमा राजीनामा  बोकेर आन्दोलनमा उत्रिएका छौँ’, उनले भने, ‘मन्त्रीज्यू हामीलाई निलम्बन गर्ने चेतावनी दिँदै हुनुहुन्छ।’

बिरामीले दुःख पाएको विषयमा आफूहरू गम्भीर रहेको भन्दै उनले आन्दोलन सरकारी चिकित्सकको स्वार्थका लागि मात्र नभएको बताए। दुर्गम क्षेत्रका सर्वसाधारणले पनि स्वास्थ्यसेवाबाट वञ्चित हुनु नपरोस् भनेर पद दाउमा राखेर आन्दोलनमा उत्रिएकाे डा. पाण्डेले बताए।

‘हामीले समायोजन मान्दैनौँ भनेका होइनौँ’, उनले भने, ‘मन्त्रीज्यूहरूको बुझाइ नै गलत भयो। उहाँहरू हामीलाई जसरी हुन्छ, पेलेरै अगाडि बढ्नुपर्छ भन्ने मानसिकतामा रहनुभयो।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार