Health TV Online
Health TV Online
Health TV Online

प्रदेश १ का सामुदायिक विद्यालयमा नर्सिङ सेवा

प्रदेश १ का सामुदायिक विद्यालयमा नर्सिङ सेवा

विराटनगर प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा ‘विद्यालय नर्सिङ सेवा’ शुरु गरेको छ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले ‘विद्यालय नर्सिङ सेवा’ सञ्चालनका लागि नर्स छनोट गरी सम्बन्धित विद्यालयमा पठाएको जनाएको छ।

चालू आर्थिक वर्षका लागि सञ्चालनमा ल्याइएको कार्यक्रमका लागि १४ जना नर्स छनाेट गरी १ चैतदेखि विद्यालयहरूमा पठाइएको मन्त्रालयको सामाजिक नर्सिङ शाखाले जनाएको छ। चालू आर्थिक वर्षमा १४ वटा विद्यालयमा यो कार्यक्रम लागु गरिए पनि आगामी आर्थिक वर्षदेखि अन्य विद्यालयमा समेत लागु गर्दै लैजाने मन्त्रालयको योजना रहेकाे शाखाले जनाएकाे छ।

विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका खुवाउन र सरसफाइ र पोषण प्रवर्धन गर्न विद्यालयमा नर्स राख्न लागिएको हो।

मन्त्रालयले विद्यालय नर्सिङ कार्यक्रमका लागि यो आर्थिक वर्षमा नर्सको तलबका लागि ४९ लाख रुपैयाँ छुट्याइएकाे गरेको छ। औषधि उपकरण खरिदका लागि पनि छुट्टै बजेट विनियोजन गरिएको मन्त्रालयको सामाजिक नर्सिङ शाखा प्रमुख केसु काफ्लेले जानकारी दिइन्।

किशोर(किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारको आवश्यकता महसुस गरी दुई वर्षअघि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याउने योजना बनाएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार