Health TV Online
Health TV Online
Health TV Online

सरकारी चिकित्सकहरूकाे आन्दोलन आज चौथो दिन पनि जारी

सरकारी चिकित्सकहरूकाे आन्दोलन आज चौथो दिन पनि  जारी

काठमाडौं : सरकारी चिकित्सकहरूले चौथो दिन पनि आन्दोलन जारी राखेका छन्। सरकारी चिकित्सकहरूको संस्था गोदानले सोमबार चौथो दिन पनि अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा नदिने भएका हुन्।

सरकारले कर्मचारी समायोजन गर्दा आफूहरूलाई संघ मातहत नराखेर प्रदेश र स्थानीय तह मातहतमा राखेको भन्दै सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका हुन्।

चिकित्सककाे आन्दाेलनका कारण काठमाडाैंस्थित वीर, शिक्षण, प्रसूतिलगायत देशभरका सरकारी अस्पतालकाे सेवा प्रभावित भएकाे छ। विशेषगरी टाढाबाट आएका  र पहिले नै अप्रेसन तय भएका बिरामी मारमा परेका छन्।

यसैबीच स्वास्थ्य मन्त्री उपेन्द्र यादवले चिकित्सकको आन्दोलन अब आवश्यक नरहेका बताएका छन्। भरतपुरमा आइतबार पत्रकारसँगको कुराकानीमा मन्त्री यादवले चिकित्सकको माग संघीय निजामती ऐनले समेटेकाले अन्दोलन आवश्यक नभएको बताए।  यादवले अझै पनि केही वास्तविक माग भए छलफल गर्न सरकार तयार रहेकाले आन्दोलन छाडेर विरामीको उपचारमा लाग्न चिकित्सकलाई आग्रह गरे।

यता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संवैधानिक व्यवस्थाअनुसार नै भएको कर्मचारी समायोजनलाई मान्दिनँ भन्ने छुट कसैलाई नभएको बताएका छन्। काठमाडाैंबाट प्रसारण हुने एक रेडियाेसँग आइतबार कुरा गर्दै उनले चिकित्सक संविधानभन्दा माथि नहुने बताए।

मन्त्री पण्डितले नयाँ चिकित्सक भर्ना गरेर भए पनि सेवा सुचारु गर्ने प्रतिक्रिया दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार