मेवाका फाइदा
मेवामा भिटामीन ‘ए’ प्रशस्त पाइने हुँदा यसले आँखाको दृष्टिलाई तेजिलो बनाउन मद्दत गर्छ।
मेवाले शरिरमा रोग प्रतिरोधक क्षमता बढाउने हुनाले शरिर स्वस्थ पनि रहन्छ।
मेवाका हुने एन्टिअक्सिडेन्ट, फिटोन्यूट्रियन्ट र फ्लाभोनोइड जस्ता तत्वले शरीरको कोषहरूलाई मर्न दिँदैन, जसले क्यान्सरको सम्भावना कम हुन्छ।
मेवामा प्रशस्त मात्रामा फाइबर, भिटामिन ‘ए’ ‘सी’ र एन्टिअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा भएको कोलस्ट्रोल नष्ट गर्ने काम गर्छ।
तौल बढेर हैरान भएका व्यक्तिहरूका लागि मेवाले तौल घटाउन केही हदसम्म सहयोग गर्छ। यसमा भएको फाइबर तत्त्वले पेट सफा बनाउने भएकाले तौल घटाउन केही हदसम्म मेवाले सहयोग गर्छ।
मेवाको नियमित सेवन गर्नाले पाचन क्रियामा सक्रिय हुने वा यसमा रहेको फाइबर तत्त्वले पाचन क्रियालाई सहज बनाउन मद्दत गर्दछ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने