Health TV Online
Health TV Online
Health TV Online

दुईदिने स्वास्थ्य शिविरमा एक हजार जनाले गराए उपचार

दुईदिने स्वास्थ्य शिविरमा एक हजार जनाले गराए उपचार

बारपाक : सुलिकोट गाउँपालिका–३ स्वाँरामा भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा करिब एक हजार जनाले स्वास्थ्य उपचार गराएका छन्।

आइतबार र सोमबार भएको शिविरमा स्वाँरा र सौरपानीका क्षेत्रका ९९६ जनाले स्वास्थ्य सेवा लिएको माँझथर माध्यामिक विद्यालयका शिक्षिका सलिना गुरुङले जानकारी दिनुभयो।

शिविरमा हाडजोर्नी तथा नशारोगको उपचार, महिला तथा प्रसूति रोगको उपचार, सामान्य चिकित्सा तथा बालरोगसम्बन्धी उपचार गरिएको थियो। त्यस्तै सामान्य घाउ खटिरा चिरफार तथा परिवार नियोजनसम्बन्धी सेवा र सल्लाह, आईयूसीडी तथा इम्प्लान्ट सेवासहित विशेष परामर्श सेवासमेत प्रदान गरिएको आयोजकले जनाएको छ।

कर्म फ्लाइट फाउण्डेशन नेपाल पोखराको आयोजना तथा बारपाक सुलिकोट गाउँपालिका–३ लायन्स क्लब अफ पोखरा स्काइ टाउन, स्वाँरा स्वास्थ्यचौकीको सहआयोजना तथा माझथर माविको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हाे।

शिविरमा हाडजोर्नी रोग विशेषज्ञ डा.ईश्वर शर्मा, स्त्रीरोग विशेषज्ञ डा. सरिता गुरुङलगायत पाँच चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य उपचार गरेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार