बर्डफ्लुको आशंकामा चल्ला नियन्त्रण
गोरखा : भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले बर्डफ्लुको आशङ्कामा सदरमुकाम भित्र्याउँदै गरिएका सात हजारभन्दा बढी कुखुराका चल्ला नियन्त्रणमा लिएको छ।
गोरखा नगरपालिका–१३ स्थित मझुवा देउरालीमा आइतबार क्वारेनटाइन जाँचका क्रममा चल्ला नियन्त्रणमा लिइएको केन्द्रका प्रमुख डा. बज्रकिशोर ठाकुरले जानकारी दिए।
सदरमुकामतर्फ ल्याइँदै गरिएका दुई गाडीबाट चार हजार १५० र छोप्राक लैजान लागिएका एउटा गाडीबाट तीन हजार दुई सय कुखुराका चल्ला नियन्त्रणमा लिएको उनले बताए।
नियन्त्रणमा लिइएका चल्लाको नमुना परीक्षणपछि बर्डफ्लु भएको पुष्टि भए सुरक्षित ठाउँमा लगेर भए नष्ट गरिने उनले बताए। पछिल्लो पटक चितवनसहित मकवानपुरलगायत जिल्लामा बर्डफ्लु भेटिएको पुष्टि भएपछि गोरखामा बर्डफ्लु भित्रन नदिन कार्यालयले उच्च सर्तकता अपनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण