नगरपालिकाकाे स्वास्थ्य शिविरमा घरघरमै उपचार
जाजरकोट : भेरी नगरपालिका नगरपालिकाले विशेषज्ञ स्वास्थ्य सेवा सहित घरदैलोमै पुगेर स्थानीय बासिन्दाको उपचार गर्न थालेको छ। प्रथम मेयर निःशुल्क घुम्ती शिविर नाममा नगरपालिकाले घरघरमै आधारभूत स्वास्थ्यसेवा दिन थालेको हो।
नागरिकको घरदैलोमै शिविर राखेर विपन्न, अशक्त, वृद्धवृद्धा तथा बालबालिकालाई स्वास्थ्य उपचार गर्न थालेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए। विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य जाँच गरेर निःशुल्क औषधि दिने गरेको उनको भनाइ छ।
जटिल रोग भएको पत्ता लागे अस्पतालमा उपचारको व्यवस्थासमेत मिलाउने गरेको उनले बताए। भेरी नगरपालिकाको यो अभियानले घरघरमै सिहंदरबारको अनुभूति भएको स्थानीय बासिन्दाको भनाइ छ। भिडियो एक्सरे सेवा, दन्त्त सेवा र पाठेघरको समस्या भएका महिलाको लागि सेवा दिइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले बताए।
शिविरमा महिलाहरूको समस्या बढी देखिएको डाक्टर भूपेन्द्रप्रकाश मल्लले बताए। नगरपालिकाको आर्थिक सहयोगमा १३ चिकित्सकसहितको टोली स्थानीयकाे उपचारका लागि खटिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण