Health TV Online
Health TV Online
Health TV Online

‘पर्सामा रगत अभाव छैन’

‘पर्सामा रगत अभाव छैन’

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवा केन्द्र पर्सामा रगत अभाव नभएको प्रष्ट पारेको छ। केन्द्रका इञ्चार्ज सौरभराज पाण्डेले रगत अभाव नभएको बताएका हुन्।

हाल केन्द्रमा सबै समूह गरी ४०० युनिट रगत मौज्दात रहेको उनले बताए।

आकस्मिक अवस्थाका कारण घाइतेहरूको अवस्था पहिचान र रगतको आवश्यकता यकिन गर्न नसकिने उनले बताए।रक्तदानका लागि तयार रहन पाण्डेले स्वयंसेवी रक्तदाताहरूलाई आग्रह गरेका छन्।

बारा र पर्सामा आइतबार रातिको हावाहुरीका कारण घाइतेहरूको संख्या बढिरहेका कारण रगत अभाव हुनसक्ने आशंकाबीच केन्द्र यस्तो सूचना जारी गरेको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार