प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रमा जाँदै
काठमाडौं : हावाहुरी प्रभावित क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओली जाने भएका छन्। उपचारमा कुनै कसर बाँकी नराख्नु भनी हिजो साँझ नै निर्देशन दिएका प्रधानमन्त्री ओली आज त्यसतर्फ जाने भएका हुन्।
प्रधानमन्त्री ओलीसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा जान लागेको स्वास्थ्य मन्त्रालयकी सचिव डा पुष्पा चौधरीले बताइन्। उनले भनिन, स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको टोली हिजोदेखि नै परिचालन गरेको छ । थप स्वास्थ्यकर्मी पठाउने तयारी पनि भइरहेको छ। यसका साथै गम्भीर घाइते ८ जनालाई काठमाडौं ल्याउने तयारी भएको समेत उनले जानकारी दिइन्।
बारा र पर्सामा आइतबार साँझ गएको विनासकारी हावाहुरीबाट ३६ जनाको ज्यान गइसेकेको छ भने सयौंको संख्यामा घाइते भएका छन्।
।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’