प्रदेश ३ मा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम शुरू
हेटौँडा : हेटौँडा अस्पतालबाट प्रदेश ३ सरकारको मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम नमुनाको रूपमा शुरु भएको छ।
मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको कार्यक्रमलाई प्रभावकारीरूपमा अगाडि बढाउन नौलो कार्यक्रम शुरु गरेको बताए।
कार्यक्रममा १६ किसिमका स्वास्थ्यपरीक्षण निःशुल्क हुने जानकारी दिँदै उनले कार्यक्रम विस्तारै प्रदेश नं ३ को प्रत्येक जिल्लामा लैजाने जानकारी दिए।
सामाजिक विकासमन्त्री युवराज दुलालले नसर्ने रोगका कारण अल्पायुमा मृत्यु हुनेको सङ्ख्या गाउँमा भन्दा पनि शहरमा बढी देखिएकोले हेटौँडा उपमहानगरको अस्पतालबाट नमूनाका रूपमा कार्यक्रम शुरु गरिएको बताए। हाल यो कार्यक्रम उपमहानगरपालिकासहित भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली र धादिङका जिल्ला अस्पतालमा शुरु गरिएको उनले जानकारी दिए।
कार्यक्रममा विपन्न, अल्पसङ्ख्यक, दलित, महिला, शहीद तथा बेपत्ता परिवार र सशस्त्र द्वन्द्वमा घाइतेकाे निःशुल्क स्वास्थ्य परीक्षण हुनेछ। सामाजिक विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि यस कार्यक्रमका लागि तीन करोड २० लाख बजेट छुट्याइएको छ।
कार्यक्रमअन्तर्गत पाँचवटा स्थानीय तहका अस्पतालमा दुई\दुई हजार व्यक्तिको स्वाथ्यपरीक्षण गरिनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण