स्वास्थ्यकर्मीले पाएनन् ६ महिनादेखिको तलबभत्ता
जुम्ला : जिल्लाका सात स्थानीय तहका स्वास्थ्यकर्मीले ६ महिनादेखिको तलबभत्ता पाएका छैनन्। जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले तलबभत्ता भुक्तानी माग गरेका छन्।
नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी सङ्गठन, नेपाल नर्सिङ संघलगायतले संयुक्तरूपमा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेमार्फत ध्यानाकर्षण गरेका हुन्।
ज्ञापनपत्रमा कात्तिकदेखि हालसम्मको तलबभत्ता नपाएको र पटक–पटक सम्बन्धित निकायमा पहल गर्दा पनि सुनुवाइ नभएकाले कर्मचारीको दैनिक जीवन कष्टकर भएको उल्लेख गरिएको छ।
सरकारबाट तलबभत्ता शीर्षकमा विनियोजित बजेट जुम्लामा कार्यरत स्वास्थ्यकर्मीको वार्षिकरूपमा अपुग हुँदै आएकाले आर्थिक वर्ष ०७४\७५ र ०७५\७६ मा अपुग तलबभत्ता शीर्षकमा रकम थप गरी पठाउनका लागि आवश्यक पहल गरिदिन माग गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी बञ्जाडेले स्वास्थ्यकर्मीले तलब नपाएको विषयमा स्वास्थ्यमन्त्रीसँग कुरा राख्ने आश्वासन दिएका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’