रेडक्रसकाे ब्लड बैंक अब केन्द्रीय कार्यालय सोल्टीमोडमा
काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले ललितपुरको बालकुमारीबाट सञ्चालन गर्दै आएको केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) आइतबारदेखि केन्द्रीय कार्यालय सोल्टीमोडबाट शुरु भएको छ।
२०७२ साल वैशाखको भूकम्पबाट भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुगेपछि रेडक्रसले सो सेवा २०७२ पुसदेखि बालकुमारीमा रहेको रक्तसञ्चार आपत्कालीन सेवा केन्द्रबाट दिँदै आएको थियो।
बालकुमारीमा ब्लड बैंक टाढा भएको धेरै जनगुनासो आएपछि आफूहरूले ब्लड बैंकको सेवा दिने ठाउँ पायक पर्ने ठाउँमा सारेको ब्लड बैंकका निर्देशक डा. मनिता राजकर्णिकारले बताइन्। बालकुमारीको भवन साँघुरो भएको र धेरै सेवाग्राहीलाई अपायक परेको गुनासो आइरहेकाले सबैलाई पायक पर्ने ठाउँमा ब्लड बैंक सारेको जानकारी दिइन्।
यो नयाँ भवनमा धेरै सेवाग्राहीलाई पायक पर्ने र सेवा दिन सहज हुने साेसाइटीका अध्यक्ष संजीव कुमार थापाले बताए । देशभरका विभिन्न ७३ जिल्लाका १०८ स्थानमा रहेका सोसाइटीका रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूको समन्वय तथा सहयोग लगायतको कामहरु पनि सोल्टीमोडस्थित नयाँ भवनबाट हुने थापाले जानकारी िदए । उनले भने, भूकम्पले क्षति बनाएको भृकुटीमण्डपमा भवन निर्मांणकार्य भइरहेको र सो अत्याधुनिक भवनको निर्माण सम्पन्न भएपछि त्यहीँबाट सेवा शुरु हुनेछ। यहाँ केही समयका लागि मात्र हाे।
केन्द्रले काठमाडौंमा मात्र दैनिक ४ सय पिन्ट रगत आपूर्ति गर्दै आएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’