Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यसेवाका २७ हजार ३०२ कर्मचारी समायोजनमा

स्वास्थ्यसेवाका २७ हजार ३०२ कर्मचारी समायोजनमा

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय संरचना अनुसार कर्मचारीको समायोजन पूरा भएको बताएको छ।

मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलनमा मन्त्री लालबाबु पण्डितले सबै सेवाका कर्मचारीको समायोजन सकिएको घोषणा गरेका हुन्।

मन्त्रालयका अनुसार स्वास्थ्यका सहित एक लाख ३१ हजार कर्मचारी समायोजन भएका हुन्। स्वास्थ्यका २७ हजार ३०२ कर्मचारी समायोजन भएको बताइएको छ।

स्वास्थ्य सेवा अन्तर्गत स्थानीय तहमा २२ हजार १ सय ७६, प्रदेशमा २ हजार ३ सय ९४ र संघमा २ हजार ७५ जना कर्मचारी समायोजन भएका छन्। ६५७ कर्मचारी भने फाजिलमा परेका छन्।

मन्त्रालयले चार हजार १७ वटा स्वास्थ्य संस्थामार्फत स्थानीय तहमा स्वास्थ्य सेवा प्रवाहकाे व्यवस्था गरिएकाे जनाएकाे छ। यस्तै ३०८ वटा आयुर्वेद औषधालयहरू सम्बन्धित स्थानीय तह मातहत रहनेगरी हस्तान्तरण गरेकाे र २७ प्राथमिक अस्पताल सम्बन्धित स्थानीय तह मातहत व्यवस्थापन गरेकाे मन्त्रालयकाे भनाइ छ।

स्थानीय तहकाे कुल दरबन्दीकाे ३८ प्रतिशत स्वास्थ्यसेवाकाे दरबन्दी कायम गरिएकाे मन्त्रालयले जनाएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार