अनिन्द्राको असर उच्च रक्तचापदेखि मधुमेहसम्म
अनिन्द्रा आफैँमा एउटा शारीरिक समस्या हो। यसले शारीरिक तथा मानसिक समस्या पनि निम्त्याउँछ। यी हुन् अनिन्द्राका असर–
मानसिक समस्या : अनिन्द्राले मानसिक समस्या निम्त्याउँछ। निरन्तरको अनिन्द्राका कारण स्मरण शक्तिसमेत कमजोर हुन्छ। अनिन्द्राका कारण चिडचिडाहट, बढी रिस उठ्ने जस्ता समस्या पनि आउँछ जसले जीवनशैली र दैनन्दिनमै अवरोध निम्तिन्छ।
अनिन्द्राको समस्याले कुनै पनि काममा जाँगर नलाग्ने, जतिबेला पनि निन्द्रा’ लागिरहने, भोक लाग्ने समस्या सिर्जना हुन्छ।
मधुमेह : अनिन्द्राले विभिन्न हानिकारक हर्मोन उत्पादन गर्छ। शरीरमा चिनीको मात्रा वृद्घि गर्छ। त्यसैकारण यस्तो समस्या भएका मानिस मधुमेहको उच्च जोखिममा हुन्छन्।
उच्च रक्तचाप : अनिन्द्राले रक्तचापलाई पनि अयिन्त्रित बनाउँछ। यसले उच्च रक्तचापको समस्या पनि निम्त्याउँछ। अनिन्द्राले मुटुरोगको जोखिम पनि बढ्छ।
पेटको समस्या : अनिन्द्राले पेटमा विभिन्न खालका समस्या निम्त्याउँछ। अनिन्द्राको समस्याले पाचन प्रक्रियालाई समेत सुस्त बनाउँछ। यसले अपच र पेटसम्बन्धी विभिन्न किसिमका समस्या ल्याउँछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण