अनिन्द्राको असर उच्च रक्तचापदेखि मधुमेहसम्म
अनिन्द्रा आफैँमा एउटा शारीरिक समस्या हो। यसले शारीरिक तथा मानसिक समस्या पनि निम्त्याउँछ। यी हुन् अनिन्द्राका असर–
मानसिक समस्या : अनिन्द्राले मानसिक समस्या निम्त्याउँछ। निरन्तरको अनिन्द्राका कारण स्मरण शक्तिसमेत कमजोर हुन्छ। अनिन्द्राका कारण चिडचिडाहट, बढी रिस उठ्ने जस्ता समस्या पनि आउँछ जसले जीवनशैली र दैनन्दिनमै अवरोध निम्तिन्छ।
अनिन्द्राको समस्याले कुनै पनि काममा जाँगर नलाग्ने, जतिबेला पनि निन्द्रा’ लागिरहने, भोक लाग्ने समस्या सिर्जना हुन्छ।
मधुमेह : अनिन्द्राले विभिन्न हानिकारक हर्मोन उत्पादन गर्छ। शरीरमा चिनीको मात्रा वृद्घि गर्छ। त्यसैकारण यस्तो समस्या भएका मानिस मधुमेहको उच्च जोखिममा हुन्छन्।
उच्च रक्तचाप : अनिन्द्राले रक्तचापलाई पनि अयिन्त्रित बनाउँछ। यसले उच्च रक्तचापको समस्या पनि निम्त्याउँछ। अनिन्द्राले मुटुरोगको जोखिम पनि बढ्छ।
पेटको समस्या : अनिन्द्राले पेटमा विभिन्न खालका समस्या निम्त्याउँछ। अनिन्द्राको समस्याले पाचन प्रक्रियालाई समेत सुस्त बनाउँछ। यसले अपच र पेटसम्बन्धी विभिन्न किसिमका समस्या ल्याउँछ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने