नेपाल नेत्रज्योति संघले मनायो ४१ औं वार्षिकोत्सव
काठमाडाैं: नेपाल नेत्रज्योति संघले स्थापनाको ४१ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको सन्दर्भ पारेर संघले विभिन्न जनचेतनामूलक कार्यक्रम समेत गरेको छ ।
आँखा स्वास्थ्यमा सेवा प्रदान गर्नका लागि ४१ वर्ष अघि आजैका दिन गैरसरकारी संस्थाको रुपमा संघको स्थापना भएको थियो । संघका अध्यक्ष प्रा. डा. तीर्थप्रसाद मिश्रले आँखा स्वास्थ्यमा संघले सबैले गर्व गर्नेगरी काम गरेको बताए । उनले भने, ‘आँखा स्वास्थ्यको क्षेत्रमा ९० प्रतिशत हिस्सा संघले ओगटेको छ । ‘आँखा स्वास्थ्यमा यो ४१ वर्षमा उल्लेख्य प्रगति भएको पनि उनले जिकीर गरे । आगामी दिनमा सेवालाई अझै विस्तारित र परिस्कृत बनाउने प्रतिवद्धता जनाउँदै उनले आँखा स्वास्थ्यका क्षेत्रमा जनमानसमा जनचेतना बढ्दै गएको पनि बताए ।
हाल संघ अन्तर्गत १८ वटा आँखा अस्पताल ८४ वटा आँखा उपचार केन्द्रहरु रहेका छन्। जस अन्तर्गत संघले वर्षेनी ३० लाख ५० हजार भन्दा बढी नेत्र रोगीहरुलाई बहिरंग सेवा र करिब ३ लाख भन्दा बढी स्वदेशी तथा विदेशी बिरामीलाई शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण