डिप्रेसनबाट जाेगिने उपाय

अस्वस्थ र अव्यवस्थित जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव उत्पन्न हुन्छ। यसको व्यवस्थापन गर्न नसक्दा उनीहरू अवसाद अर्थात् डिप्रेसनको शिकार बन्छन्।
समयमा सुत्ने, उठ्ने र सन्तुलित आहारसँगै पर्याप्त आराम गर्नुपर्छ।
निष्क्रिय जीवनशैली त्याग्नुपर्छ। केही न केही काममा सक्रिय हुनुपर्छ ।
दैनिक काम गर्दा हुने तनावलाई सकारात्मक रूपमा लिनुपर्छ। वेलाबखत आइपर्ने समस्याको चिन्ता लिएर बस्नुभन्दा समाधानको उपाय खोज्नुपर्छ।
लामो समयसम्म एउटै काममा व्यस्त रहनुहुँदैन। काम ब्रेक दिएर शरीर तन्काउने, घुम्न जानेजस्ता क्रियाकलाप गर्नुपर्छ ।
फास्टफुड, जंकफुड, धूम्रपान र मध्यपानबाट टाढै बस्नुपर्छ। अत्यधिक मात्रामा चिया–कफी पनि सेवन गर्नुहुँदैन । यसले निद्रा गडबडीको समस्या निम्त्याउँछ ।
मनोरोगलाई भयावहका रूपमा लिनुहँदैन। मानसिक समस्या भएको संकेत भएमा तुरुन्त चिकित्सककहाँ गएर सल्लाह लिनुपर्छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा