स्वास्थ्य क्षेत्रप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ
गलकोट : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्वास्थ्य क्षेत्रका विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्।
बुधबार धवलागिरि अञ्चल अस्पताल बागलुङको अनुगमन गरेपछि मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले प्रदेश मातहतका अस्पतालमा तत्काल आवश्यक औजार खरीद गर्न बजेट छुट्याउने बताए।
अस्पताल विकास समितिका अध्यक्ष केबी रानामगरले अस्पतालका लागि आवश्यक उपकरण, जनशक्ति तथा भौतिक सुधारका लागि सहयोग गर्न मुख्यमन्त्री गुरुङलाई आग्रह गरे।
२०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवासुविधा गुणस्तरीय नभएको बिरामीले गुनासो गर्दै आएका छन्।
१६ विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको अञ्चल अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृत गरी २२ चिकित्सकले सेवा प्रदान गर्दा बिरामीलाई राहत भएको अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’