शरीरमा भिटामिन ‘डी’ कमी भएमा निम्तिन सक्छन् यी समस्या

भिटामिन डीको कमी भएमा हाम्रो शरीरमा हड्डी बलियो बनाउने तत्वको नै निर्माण हुँदैन । यसका कारण हड्डी कमजोर हुँदै जान्छ ।
भिटामिन डीको कमी हुँदा बच्चाहरूको हाड सानो हुने, हातखुट्टा लुलो र बांगो हुने समस्या आउँछ। यसको कमीले क्रमशः शरीर नै कमजोर भएर जान्छ । कतिपय अवस्थामा भिटामिन डिको कमी भएको लक्षण ठ्याक्कै देखिँदैन।
यसको कमीले हड्डी तथा जोर्नी दुख्ने, मुटुमा समस्या देखिने, कठिन खालको दम आउने र क्यान्सरसम्म हुने खतरा हुन्छ। यसको कमीले डिप्रेसन, कपाल झर्ने, टाउको दुख्ने लगायत समस्या पनि निम्तिन सक्छ ।
भिटामिन डीले मधुमेह र रक्तचापलाई समेत सन्तुलित राख्ने भएकाले यसको कमीले मधुमेह र रक्तचापको समस्या समेत देखिन सक्छ ।
दूधबाट बनेका परिकार, जस्तै दही,पनिर,मही, ताेफु , माछा,मासु अण्डा नखाने र घाममा नबस्ने मानिसलाई भिटामिन डीको कमी हुने विभिन्न तथ्यहरूले देखाएकाे छ । बिहानदेखि बेलुकीसम्म कोठाभित्रै बसेर काम गर्नेलाई पनि यस्तो समस्या हुन सक्छ । यसैगरी कालो वर्णका मानिस भिटामिन डीको बढी जोखिममा हुने देिखएकाे छ । अध्ययन अनुसार कालो वर्णका मानिसमा हुने मिलानियन पिगमेन्ट नामक तत्त्वले भिटामिन डिको निर्माणमा अवरोध सृजना गर्छ ।
मृगौलासम्बन्धी समस्या भएका मानिसमा पनि भिटामिन डीको कमी हुन सक्छ । किनकी, मृगौलाले भिटामिन डिको निर्माणसँग प्रत्यक्ष सम्बन्ध हुन्छ । पाचन प्रणालीमा समस्या दीर्घरोगी, मोटोपन भएका मानिसमा पनि यसको समस्या देखिन सक्छ । दुध, दही सागपात, माछा, मासु,अण्डा प्रशस्त मात्रामा खानुपर्छ । साथै सबैभन्दा महत्वपूर्ण कुरा दैनिक २० देखि ३० मिनेट घाममा बस्ने गर्नाले यो समस्याबाट बच्न सकिन्छ । घाम नै भिटामिन डीको मुख्य स्रोत हो । जुन निशुल्क पाइन्छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति