सर्पले डसे के गर्ने?
सर्पले डसेको मिनेटभित्रै शरीरमा भएका कस्सिएका गहना र कपडा फुकाल्नुपर्छ। दह्रो गरी पट्टी बाँध्नुहुँदैन ।
जुन ठाउँमा डसेको छ, उक्त भागलाई मुटुको तहभन्दा तल राख्नुपर्छ।
जस्तो छ, त्यस्तै अवस्थामा घाइतेलाई स्थिर राख्नुपर्छ। यसो गर्दा विष शरीरका अन्य भागमा फैलिन सक्दैन।
जुन ठाउँमा टोकेको छ, उक्त ठाउँमा हल्का कपडाले छोप्नुपर्छ। बिरामीलाई शान्त राख्ने प्रयास गर्नुपर्छ।
सर्पले टोकेको चार घण्टाभित्र ‘एन्टिवेनम इन्जेक्सन’ दिनुपर्छ।
चुसेर विष निकाल्ने प्रयास गर्नुहुँदैन। चिया, कफी र अल्कोहल पिउनु हुँदैन ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’