दाँत पहेँला छन्? अपनाउनुस् यी उपाय

पहेँलो दाँतकाकारण कतिपय मानिस खुलेर हाँस्नसमेत हिच्किचाउँछन्। दाँत पहेँलो बनाउने कैयौँ कारण हुन्छन्। बढी चिया, कफी, तमाखु र चुरोटको प्रयोगले पनि दाँत पहेँलाे हुन सक्छ। यस्तो समस्याको समाधान घरमै सजिलैसँग गर्न सकिन्छ।
कागती
दाँतको पहेँलोपनबाट छुटकारा पाउन कागती महत्त्वपूर्ण वस्तु हो। त्यसका लागि कागतीको रसमा नुन मिसाएर दाँतमा लगाउन सकिन्छ। केही समयपछि कुल्ला गर्न सकिन्छ । दुई हप्तासम्म लगातार यसो गर्दा दाँतको पहेँलोपन सफा हुन्छ।
खाने सोडा
टुथपेस्टमा बेकिङ सोडाको मिश्रण गराएर ब्रस गर्न सकिन्छ। यसमा कागती मिश्रण गरेर पनि मुख कुल्ला गर्न सकिन्छ। बेकिङ सोडालाई पानीमा घोलेर तयार पारेको मिश्रणले हप्ताको दुई दिन दाँत रगड्नुपर्छ। दाँत सफा हुन्छ।
नरिवलको तेल
एक चम्चा नरिवलको तेल लिएर त्यसलाई आफ्नो दाँतमा लगाउन सक्नुहुन्छ। साथै, टुथब्रसमा केही थोपा नरिवलको तेल राखेर केही मिनेटसम्म दाँत ब्रस गरी कुल्ला गरेमा दाँत चम्किन्छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति