यसकारण फाइदाजनक छ कागती

कागतीको रसमा मह मिसाएर सेवन गर्दा रुघाखोकी सञ्चो हुन्छ।
कागती सेवनले उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै मुटुको धड्कन समेत सामान्य राख्न मद्दत गर्छ ।
पेटसम्बन्धी समस्याका लागि कागती अचुक औषधि हो। नियमित कागती पानी पिउँदा कब्जियत र पित्तथैलीको समस्या आदिबाट राहत मिल्छ।
कागतीले शरीरमा भएको अम्लीयपनसँग प्रतिक्रिया गरी क्षार बनाउँछ। शरीरमा हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ ।
शरीरमा हुने चिल्लोपदार्थ नियन्त्रणमा राख्न कागतीले मद्दत गर्छ। रगत र कलेजोमा भएको अनावश्यक कोलेस्ट्रोलको मात्रा घटाउँछ।
कागती पानी पिएमा यसले कलेजो सफा गर्छ। कलेजोका इन्जाइम कमजोर भएमा ऊर्जा दिनुका साथै रगतमा भएका उत्तेजक पदार्थलाई छान्ने काम गर्छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति