Health TV Online
Health TV Online
Health TV Online

यसकारण फाइदाजनक छ कागती

यसकारण फाइदाजनक छ कागती

कागतीको रसमा मह मिसाएर सेवन गर्दा रुघाखोकी सञ्चो हुन्छ।

कागती सेवनले उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै मुटुको धड्कन समेत सामान्य राख्न मद्दत गर्छ ।

पेटसम्बन्धी समस्याका लागि कागती अचुक औषधि हो। नियमित कागती पानी पिउँदा कब्जियत र पित्तथैलीको समस्या आदिबाट राहत मिल्छ।

कागतीले शरीरमा भएको अम्लीयपनसँग प्रतिक्रिया गरी क्षार बनाउँछ।  शरीरमा हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ ।

शरीरमा हुने चिल्लोपदार्थ नियन्त्रणमा राख्न कागतीले मद्दत गर्छ। रगत र कलेजोमा भएको अनावश्यक कोलेस्ट्रोलको मात्रा घटाउँछ।

कागती पानी पिएमा यसले कलेजो सफा गर्छ। कलेजोका इन्जाइम कमजोर भएमा ऊर्जा दिनुका साथै रगतमा भएका उत्तेजक पदार्थलाई  छान्ने काम गर्छ।