Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यसम्बन्धी दुर्लभ अध्ययन सामग्रीको खोजीमा हुनुहुन्छ?

स्वास्थ्य मन्त्रालयस्थित डिजिटल लाइब्रेरी जानुहोस्

स्वास्थ्यसम्बन्धी दुर्लभ अध्ययन सामग्रीको खोजीमा हुनुहुन्छ?

स्वास्थ्यसम्बन्धी विभिन्न किसिमका पुस्तक पढ्न चाहनुहुन्छ भने अब पसल–पसल भौँतारिरहनु पर्दैन। नेपाल हेल्थ रिसर्च काउन्सिल (एनएचआरसी) द्वारा सञ्चालित डिजिटल लाइब्रेरीले स्थापना कालदेखि नै सर्वसुलभ सेवा दिँदै आएको छ। दक्षिण एसियामै स्वास्थ्य पुस्तकका लागि चर्चित रहेको याे लाइब्रेरी सन् १९९१ मा खुलेकाे हाे।

काठमाडौंको रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयमा रहेको यो लाइइब्रेरीमा करिब एक हजार ५०० भन्दा बढी स्वास्थ्यसँग सम्बन्धित पुस्तक संग्रह गरिएका छन्। ५०० भन्दा बढी स्वास्थ्यसम्बन्धी लेख पनि संग्रह गरिएको छ। बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म लाइब्रेरीमा अध्ययनका साथै आवश्यक पुस्तकको खोजी समेत गर्न सकिने व्यवस्था मिलाइएको छ।

त्यसका अलावा इन्टरनेटको पहुँच भएको स्थानबाट विश्वको जुनसुकै कुनाबाट निःशुल्क रूपमा अध्ययन गर्न सकिन्छ। विश्वभरिका स्वास्थ्यसम्बन्धी अनुसन्धानमा संलग्न संघसंस्थाहरूको सहयोगमा नेपाल हेल्थ रिसर्च काउन्सिलले निःशुल्क रूपमा अध्ययनको व्यवस्था गरेको छ।

दैनिक रुपमा १५ देखि २० जनाले पुस्तकालय अवलोकन र अध्ययनका लागि आउने गरेको नेपाल हेल्थ रिसर्च काउन्सिलका सूचना अधिकारी डा.चन्द्रभूषण यादवले जानकारी दिए। स्वाथ्यसँग सम्बन्धित अनुसन्धान गर्न विभिन्न संघ संस्थालाई नैतिक अनुमति प्रदान गर्दै आएको एनएचआरसीले आफैँले पनि विभिन्न समयमा अनुसन्धान गर्दै आएको छ। साथै त्यस्ता अनुसन्धानको प्रतिलिपि राखी स्वास्थ्य अनुसन्धानमा संलग्न हुन चाहनेहरुका लागि पनि आवश्यक अध्ययन तथा खोज केन्द्रका रुपमा यो लाइब्रेरीको प्रयोग गर्दै आएको छ।

स्वास्थ्यसँग सम्बन्धित पुस्तक तथा अध्ययन सामग्री मात्र पाइने भएकाले अरु लाइब्रेरीको तुलनामा यो फरक रहेको छ। यो लाइब्रेरीलाई ‘इन्फर्मेसन सेन्टर’ का रूपमा चित्रण गर्छन्, डा. यादव। करिब ८६० वटा अनुसन्धान पत्रहरु तथा ४६१ वटा शोधपत्र पनि लाइब्रेरीमा उपलब्ध रहेको उनी बताउँछन्।

यो लाइब्रेरीमा अधिकांश मानिस अनुसन्धानत्मक लेखहरू पढ्नका लागि आउने गरेका छन्। विभिन्न पुस्तकका तुलनामा लेखहरूप्रति आर्कषण रहेको यादवको बुझाइ छ। ‘अनुसन्धानकर्ताहरुलाई वैज्ञानिक ढंगका लेख तथा पुस्तक उपलब्ध गराउने लाइब्रेरीको प्रमुख उद्देश्य हो’, उनी भन्छन्, ‘नेपालमा उपलब्ध नभएका एकदमै महँगा किताबहरु पनि संकलन गरिएको छ।’

स्वास्थ्यसँग सम्बन्धित तथ्य तथ्याङ्कका लागि हेल्थ फर लाइइफ नामक संस्थासँगको आबद्घतामा विभिन्न अनुसन्धानात्मक संगठन हिरानी, अगोरा, ओरे, आरडी जस्ता कुषि, स्वास्थ्य र वातावरणका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा लाइब्रेरीले सेवा उपलब्ध गराउँदै आएको छ। यी संस्थाहरूले विशेष रूपमा विकासोन्मुख देशहरुलाई निःशुल्क जानकारीहरु उपलब्ध गराउँछ।

यसका लागि समूह ‘ए’ र समूह ‘बी’ गरी विश्वभरिका देशहरुलाई विभाजन गरिएको छ। एमा अल्पविकसित तथा अविकसित ६९ देशलाई समावेश गरेको छ भने समूह बीमा ५१ वटा विकसित मुलुकहरु राखेर सेवा प्रदान गर्दछ। समूह एका नेपाल लगायत राष्ट्रलाई निःशुल्क त्यस्ता अनुसन्धानात्मक कृति उपलब्ध गराउँछ भने समूह बीका देशहरुलाई निश्चित रकम निर्धारण गरेको छ।

के हो डिजिटल लाइब्रेरी?

नेपाल हेल्थ रिसर्च काउन्सिल (एनएचआरसी) डिजिटल लाइब्रेरीका रुपमा परिचित छ जहाँ पायक पर्ने ठाँउबाट सहज तरिकाले स्वास्थ्य शिक्षासम्बन्धी आवश्यक जानकारी लिन सकिन्छ। एनएचआरसी लाइब्रेरीमा कसरी कुनै विषय खोजी गर्ने र कार्डहरुको प्रयोग कसरी गर्ने भन्ने विषयमा जानकारी समेत निःशुल्क रूपमा प्रदान गरिन्छ। यो लाइब्रेरीले रिसर्च फर लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा गरिरहेको छ।

‘रेफरेन्स’का लागि अत्यन्त प्रभावकारी मानिन्छ, यो लाइब्रेरी। स्वास्थ्यसम्बन्धी पुस्तकहरु भएका अन्य थुप्रै लाइब्रेरी नेपालमा छन् तर एनएचआरसी लाइब्रेरीले अझ प्रभावकारी सेवा प्रदान गरिरहेको बताइन्छ। नेपालमा अत्यन्त दुर्लभ पुस्तकहरू समेत बजार इन्टरनेसनल नामक संस्थामार्फत् यसले भित्र्याउने गरेको छ। एनएचआरसीले अध्ययनकर्तालाई अनलाइनबाट विभिन्न जर्नलहरु पनि उपलब्ध गराउँदै आएको छ।

तस्विरहरू–library.nhrc.gov.np

थप समाचार