‘डाक्टर र नर्स नै पिच्छेको व्यवहार फरक हुँदा असहज हुन्छ’

नर्स नगीना राना हाल निदान हस्पिटलको क्रिटिकल केयर विभागमा कार्यरत छिन्। यसपालिको नर्सको कुरामा उनै नगीनाका कुरा–
म तनहुँको दमौलीमा जन्मेर हुर्केकी हुँ। म सानैदेखि नर्सले लगाउने पोशाक– सेतो सारी र टोपीप्रति आकर्षित भएकी थिएँ। ठूलो भएर म पनि त्यस्तै बन्छु भन्ने लाग्थ्यो। स्कुल तहको पढाइ सकेपछि मेरी फुपूले मलाई नर्सिङ क्षेत्रमा लाग्न प्रेरणा दिनुभयो। उहाँको माया ममताले नर्सिङको पढाइ राम्रोसँग पूरा गरेँ। र नर्स पनि बनेँ।
एसएलसीपछि नर्सिङ पेशाको पढाइमा शुरुशुरुमा एक प्रकारको उत्साह साथसाथै एक प्रकारको डर पनि थियो। पीसीएल नर्सिङ सकेपछि मैले काठमाडौंस्थित महाराजगञ्ज शिक्षण अस्पतालको तीनमहिने ‘आईडब्लु सीडब्लू’ तालिम लिएँ। त्यसपछि चार वर्षजति म अल्का अस्पतालको आईडब्लू विभागमा सेवा प्रदान गरेँ। त्यसपश्चात् भर्खरै ललितपुर नर्सिङ क्यापसबाट स्नातक नर्सिङ विज्ञानमा पढाइ पूरा गरेँ। अहिले म ललितपुरस्थित निदान अस्पतालमा आईडब्लू विभागमा कार्यरत छु।
अस्पतालमा डाक्टर र नर्सको ‘टिम वर्क’ विना कुनै पनि बिरामी निको भएर घर फर्किन सक्दैनन्। डाक्टर र नर्सको काम शतप्रतिशत ध्यान दिएर बिरामी निको पार्ने नै हो। तर डाक्टर र नर्स नै पिच्छेको काम गर्ने तरिका र व्यवहार एउटै नहुँदा अलि असहज हुन्छ।
यो विषय पढ्न र यो पेशामा लाग्न मेरो परिवारको ठूलो ‘सपोर्ट’ छ। परिवारले ‘सपोर्ट’ गरेको हुनाले म आज यो पेशामा सफल भएको छु। अस्पतालमा बिरामीहरू चाप हुन्छ। आईडब्लूमा धेरैजतो क्रिटिकल बिरामीहरू हुन्छन्। कुनै पनि बिरामीलाई राम्रो बनाई परिवारसँगै पठाउँदा मनमा एक प्रकारको आनन्द आउँछ। कुनै बिरामीको मृत्यु हुँदा र मृत्यु भएको बिरामीको पीडा देखेर हामी आफूलाई सम्हाल्न सक्दैनौँ।
अस्पतालमा डाक्टर र नर्सको ‘टिम वर्क’ विना कुनै पनि बिरामी निको भएर घर फर्किन सक्दैनन्। डाक्टर र नर्सको काम शतप्रतिशत ध्यान दिएर बिरामी निको पार्ने नै हो। तर डाक्टर र नर्स नै पिच्छेको काम गर्ने तरिका र व्यवहार एउटै नहुँदा अलि असहज हुन्छ। अस्पतालमा उपचारका लागि आउने बिरामी विभिन्न प्रकारका हुन्छन्। कुनै बिरामी हामीलाई आफ्नै छोराछोरी झै व्यवहार गर्छन्। कोही भने जति सेवा गर्दा पनि जस नदिने हुन्छन्। तर मनस्थिति बुझेर उनीहरूलाई सहज हुने किसिमले सेवा गर्नु हाम्रो कर्तव्य हो। धर्म हो।
अहिले नर्सिङ क्षेत्रमा धेरै चुनौती छन्। धेरै प्राइभेट अस्पतालले नर्सलाई कम तलब दिएर उनीहरूको श्रमशोषण गरिहेका छन्। बिरामीको र नर्सको ‘रेसियो’ मिलाएर राखिएको छैन। सिनियर नर्सले जुनियर नर्सलाई सर्पोट नगर्ने प्रवृत्ति पनि कतिपय ठाउँमा समस्याको रूपमा रहेको छ। यस्ता कुराहरूले अलिकति नरमाइलो त लाग्छ नै, तर समाजमा नर्सलाई हेर्ने दृष्टिकोण पनि बदलिँदै गएको छ। अहिले यो सम्मानित पेशा मानिन्छ। अस्पतालमा धेरै बिरामीलाई नयाँ जीवन प्रदान गर्न पाउँदा राम्रो पेशामा लागेको छु र राम्रो काम गरेको छु भन्ने लाग्छ। खुशी लाग्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights