मेरुदण्डको हड्डी सर्कियेर नशा च्यापिने अवस्था स्पोंडाइलोलिस्थेसीस के हो ?
डा प्रकाश पौडेल
सामान्य अवस्थामा मेरुदण्डका हड्डीहरु एकमाथि अर्को गरि एकआपसमा मिलेर बसेका हुन्छन्। मेरुदण्डको कुनै एउटा हड्डी अर्को हड्डी माथि चिप्लियर अगाडी वा पछाडी सर्किने स्लिप हुने अवस्था लाइ स्पोंडाइलोलिस्थेसीस भनिन्छ।
ग्लोबल स्पाइन जर्नलमा प्रकाशित अध्ययन अनुसार बर्सेनि जिरो पोइन्ट ५३ प्रतिशत मानिसमा यो समस्या देखिन्छ। बिकशित देशहरुको तुलनामा विकशोन्मुख र अबवकशित देशहरुमा यो समस्या चार गुनाले बढी देखिएको पाइएको छ। स्पोंडाइलोलिस्थेसीस हुँदा हड्डीहरु एक आपसमा रगडियर ढाड दुख्ने हुन्छ । साथै मेरुदण्डबाट निस्कने नशा च्यपिने हुनाले खुट्टा दुख्ने, झम झमाउने र दिसा पिसाबमा समस्या आउन सक्छ।
स्पोंडाइलोलिस्थेसीसको कारणहरु :
उमेरसंगै हड्डीहरुको बीचमा रहेको कुरकुरे हड्डी सुक्दै जाने र जोर्नीहरु पनि खीइँदै जाँदा हड्डीहरु एकआपसमा हल्लियर सर्किन थाल्छ। यसलाई डिजेनेरेटिभ स्पोंडाइलोलिस्थेसीस भनिन्छ। यो नै प्रमुख कारण हो। Congenital स्पोंडाइलोलिस्थेसीस जसमा जन्मजात हड्डीमा समस्या भएर हड्डी सर्किने हुन्छ । कहिले काहिँ जन्मिदा खेरि नै हड्डीहरुलाइ एक अपासमा जोड्ने भागमा Pars interarticularis सानो क्रयाक (defect ) हुन्छ जुन उमेर बढ्दै जादा शरीरको तौल र खिहिने प्रक्रियाले कमजोर भई हड्डी सर्किन्छ जसलाई Spondylolysis भनिन्छ। तेस्तै, चोट लाग्नु, ट्युमोर पलाउनु र कहिले कहिँ नशा च्यपियको सर्जरी गर्दा मेरुदण्डको जोर्नीमा असर पर्नु अरु आदि कारणहरु हुन्। Degenerative स्पोंडाइलोलिस्थेसीस ५० बर्ष भन्दा माथि र महिलाहरुमा बढी देखिन्छ। किशोर अवस्था र खेलाडीहरुमा Spondylolysis स्पोंडाइलोलिस्थेसीस को प्रमुख कारण हो।
कस्ता लक्षण देखिएमा स्पोंडाइलोलिस्थेसीसको शंका गर्ने ?
-तल्लो ढाड दुख्ने
-ढाडको दुखाइ र तिघ्रा सम्म सरेर जाने
-ढाडको मांंसपेशी कडा भएर जाने
-हिड्न र उभिन गार्हो हुने
-निहुरिदा ढाड दुख्ने
-खुट्टाहरु लाटो, झमझम र कम्जोर हुने
-दिसा पिसाब कन्ट्रोल गर्न नसक्ने
एकछिन उभियर केहि समय हिड्दा ढाडको दुखाइ खुट्टा तिर सर्दै जाने, खुट्टा गले जस्तो हुने, हिड्न गार्हो हुने, हिड्दा हिड्दै थचक्क बस्न मन लाग्ने, बसे पछि केहि समयका लागि आराम हुने। यो नशा च्यापियको अवस्था हो जसलाई निउरोजेनिक क्लौडिकेसन भनिन्छ।
निदान कसरी गरिन्छ ?
एक्सरे गरेर हड्डीहरुको अवस्था थाहा हुन्छ भने एमआरआ बाट नशा कुन भागमा र कति मात्रामा च्यापियको पत्ता लगाइन्छ । Dynamic Xray जसमा बिरामीलाइ उभ्याएर, कम्मरलाइ अगाडी पछाडी झुकाई एक्सरे लिईन्छ जसले हड्डीहरु कति मात्रमा सरेको छ, हिडडुल गर्दा स्लिप हुन्छ कि हुदैन साथै भबिस्यमा स्पोंडाइलोलिस्थेसीस बढेर जान्छ कि जादैन भनेर निर्क्योल गर्न मद्दत गर्छ। ५० % बढी सर्केको लाइ हाइ ग्रेड र ५०% भन्दा कमलाइ लो ग्रेड स्पोंडाइलोलिस्थेसीस भनिन्छ।
उपचार के छ त ?
बिरामीको लक्षण, स्पोंडाइलोलिस्थेसीसको ग्रेड, उमेर र बिरामीको ओभरअल स्वास्थ्यको अवस्था हेरेर उपचार कस्तो गर्ने निर्णय लिनु पर्छ। यसको उपचार सर्जिकल र नन सर्जिकल दुवै तरिकाबाट गर्न सकिन्छ। धेरै जसो बिरामीलाई ८देखि १२ हप्ताको फ़िजिओथेरापि र दुखाई कम गर्ने औषधि बाट नै निको हुन्छ। बिरामीहरुमा बेल्ट बान्दा दुखाई कम हुने भन्ने बुझाई छ तर लामो समय सम्म बेल्ट लगाउदा स्पाइनको मांसपेशीहरु कम्जोर हुने हुदा लामो समय बेल्ट बाध्नु हुदैन।
खुट्टा लाटो वा कम्जोर भएमा, दिसा पिसाब मा समस्या देखिएमा, हाई ग्रेड को स्पोंडाइलोलिस्थेसीस, वा लो ग्रेडमा नन सर्जिकल उपचारले निको नभएमा सर्जरी गर्नुपर्छ। च्यापिय्को नशालाई फ्री गराउने Decompression र हल्लियको हड्डीलाई एकापसमा जोडी स्लिप हुनबाट बचाउने Stabilization सर्जरीको मुख्य उदेश्य हो जसले बिरामीलाई पहिलेको जस्तै नर्मल अवस्थामा फर्किन सहयोग पूर्याउदछ। सर्जरी पश्चात ३ महिनामा सामान्यतया सबै बिरामी पहिलाकै अवस्थामा काम गर्न सक्ने हुन्छन। साथै बिरामीले आफ्नो मेरुदण्डलाई दिर्घकालिन रुप मा स्वस्थ राख्रनका लागि नियमित रुपमा फिजियोथेरापी गरिराख्नु पर्ने हुन्छ।
(कन्सल्टेन्ट न्यूरो सर्जन तथा स्पाइन स्पेसलिस्ट डा पौडेल नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छन् ।)





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’