यी समस्यामा प्रभावकारी अकुपञ्चर उपचारपद्धति

अचेल व्यस्तता र भागदौडबीच शरीरको ख्याल नगर्ने प्रवृत्तिका कारण मानिसहरूमा शरीरको विभिन्न भागमा दुखाइ, नसा र हाडसम्बन्धी समस्या अधिक देखिने गरेको छ। यस्ता समस्या निर्मूल पार्ने उपचारपद्धति हो, अकुपञ्चर।
आयुर्वेद वा प्राकृतिक चिकित्साजस्तै ‘साइड इफेक्ट’ नगर्ने भएकाले अहिले यसप्रति आकर्षण बढेको छ। नेपालमा मात्र होइन अमेरिका, अष्ट्रेलिया र बेलायतजस्ता मुलुकमा पनि अकुपञ्चर उपचारपद्धति लोकप्रिय छ।
अकु र पञ्चर गरी दुई शब्द मिलेर अकुपन्चर बनेको छ। अकु भनेको तिखो सियो हो। र पञ्चरको अर्थ छेड्ने काम। शरीरका बाहिरी अंग (विशेषतः छाला) मा सियो वा तिखो वस्तुले ‘बोधन’ गरिने उपचारलाई अकुपञ्चर चिकित्सा पद्धति भनिन्छ। यो चिनियाँ उपचार पद्धति हो।
अकुपञ्चर उपचारपद्धति अनुसार मानव शरीरमा एक प्रकारको शक्ति हुन्छ। अकुपञ्चरको भाषामा यसलाई ‘चि’ भनिन्छ। जब शरीरमा चिको फ्लो अवरोधविना हुन्छ, त्यो अवस्थामा हामी स्वस्थ रहन्छौँ। जब शरीरमा चिको फ्लोमा अवरोध पुग्छ, तब स्वास्थ्यमा विभिन्न समस्या आउँछ। त्यो समयमा तिखो वस्तुले छेउको प्वइन्टलाई छेडदा चि फेरि लगातार हुन थाल्छ र हामी रोगबाट छुटकारा पाउन सक्छौँ।
अकुपञ्चर विधिबाट उपचार गर्दा छालाको निश्चित स्थानमा तिखो सुई प्रयोग गरिन्छ। त्यस्ता अकुपञ्चरको धेरै प्वइन्ट हुन्छन्। प्रत्येक ‘मेरिडियन’मा धेरै प्वइन्ट हुन्छन्। रोगको प्रकृति मध्यनजर गरी निडल हालेर उपचार गरिन्छ। अकुपञ्चर उपचारपद्धति यी समस्यामा प्रभावकारी हुन्छ–
टाउको दुखाइ (माइग्रेन)
ढाड दुख्ने
गर्दन दुख्ने
प्यारालाइसिस
रुघाखोकी, दम
कम्मर दुखेको
नसाको समस्या
बाथ वा जोर्नीको दुखाइ
यी रोगका साथै रोगप्रतिरोधी क्षमता वृद्धि गर्न पनि अकुपञ्चर उपचारपद्धति प्रभावकारी मानिन्छ।
कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालमा कार्यरत प्राकृतिक चिकित्सक डा. गिता केसीसँगकाे कुराकानीमा आधारित।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा