बालबालिकालाई निमोनियाबाट जोगाउन डा. कविताका टिप्स

जाडो मौसममा चिसोका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी मारमा पर्छन्। अझ पाँच वर्ष मुनिका बालबालिकालाई यसले बढी सताउँछ। यो समयमा साना बालबालिकालाई रुघाखोकी ज्वरोदेखि निमोनियासम्म हुनसक्ने सम्भावना हुन्छ।
निमोनिया भनेको फोक्सोमा हुने एक प्रकारको रोग हो। यसमा ब्याक्टेरियाका कारण समस्या देखिन्छ। यसका साथै सरसफाइ र खानपानमा पनि यो निर्भर रहन्छ। यसका साथै धुवाँधुलो वा प्रदूषणका कारण पनि बच्चालाई निमोनिया हुनसक्छ।
त्यसो त निमोनिया चिसो मौसममा मात्र हुने होइन यो अन्य मौसममा पनि हुनसक्छ। तर चिसो मौसममा भने यसका किटाणु बढी सक्रिय हुने हुँदा यो मौसममा बढी देखिन्छ। यो मौसममा हुने निमोनियालाई ‘भाइरल निमोनिया’ पनि भनिन्छ।
निमोनिया भएमा बालबालिकामा यस्ता लक्षण देखिन्छन्– सास फेर्न गाह्रो हुने, छिटो छिटो श्वास फेर्ने, ज्वरो आउने, खोकी लाग्ने र कोखा हान्ने, खान मन नलाग्ने।
यस्ता लक्षण देखिएमा बालबालिकालाई तुरुन्त चिकित्सककहाँ लैजानुपपर्छ। अन्यथा रोग झनै जटिल बन्ने र बच्चाको मृत्यु समेत हुनसक्ने सम्भावना हुन्छ।
निमोनियाबाट बच्चालाई बचाउन अभिभावकले विशेष सावधानी अपनाउनुपर्छ। कतिपय बाबुआमाले बच्चालाई जाडो भयो भनेर चाहिने भन्दा बढी लुगा लगाइदिन्छन्। यसले गर्दा भित्र पसिना आएर बच्चालाई चिसो लाग्न सक्छ। यस्तो कुरामा विशेष गरी आमा बाबुले ध्यान दिन जरुरी छ। ठूलो मान्छेलाई जति लुगा लगाउँदा पुग्छ बच्चालाई पनि त्यहीअनुसार लगाइदिँदा पुग्छ भन्ने कुरा बुझ्न जरुरी छ।
निमोनिया भएमा बालबालिकामा यस्ता लक्षण देखिन्छन्– सास फेर्न गाह्रो हुने, छिटो छिटो श्वास फेर्ने, ज्वरो आउने, खोकी लाग्ने र कोखा हान्ने, खान मन नलाग्ने। यस्ता लक्षण देखिएमा बालबालिकालाई तुरुन्त चिकित्सककहाँ लैजानुपपर्छ। अन्यथा रोग झनै जटिल बन्ने र बच्चाको मृत्यु समेत हुनसक्ने सम्भावना हुन्छ।
कतिपय बाबुआमाले बच्चाको नाक कानमा तेल हाल्ने गर्छन्। यसो गर्दा अक्सिजन आदानप्रदानमा समस्या हुन्छ र बच्चालाई सास फेर्न गाह्रो हुन्छ। रोगसँग लड्ने बालबलिकाको क्षमता कम हुने हुँदा उनीहरुलाई ससाना किटाणुले पनि छिटो आक्रमण गर्न सक्छन्। त्यसैले उनीहरूलाई प्रदूषणबाट बचाउनुपर्छ। घर वरपरको वातावरण एवं बच्चा सुत्ने र खेल्ने स्थान पनि सफा हुनुपर्छ।
कहिल्यै पनि घाम नआउने घरमा हुर्केका बच्चालाई निमोनिया हुने सम्भावना बढी हुन्छ। अर्को कुरा बच्चाले जिद्दी गर्यो भन्दैमा फ्रिजमा राखेका खानेकुरा एवं आइसक्रिम, कोल्ड ड्रिंक्स लगायतका बट्टामा राखिएरका सुगरी पेय पदार्थ खान दिनुहुँदैन। यसले निमोनिया हुने मात्र होइन बालबालिकामा अन्य समस्या पनि आउनसक्छ।
सबैभन्दा महत्वपूर्ण कुरा निमोनियाविरुद्धको खोप अनिवार्य रूपमा लगाउनुपर्छ। बच्चा ६ हप्ता १० हप्ता र नौ महिना गरी तीन पटक खोप लगाइन्छ। सरकारले नि:शुल्क उपलब्ध गराएको खोप लगाउँदा धेरै हदसम्म बच्चालाई निमोनियाबाट जोगाउन सकिन्छ।
बच्चालाई रुघाखोकी त लागेको हो नी भनेर औषधी पसलबाट आफूखुशी औषधि खुवाउने नगर्नुस्। यसले रोगलाई झनै जटिल बनाउँछ। सकेसम्म माथि उल्लेख भएका लक्षण देखिए नजिकैको अस्पताल लगेर चिकित्सकलाई देखाउनुपर्छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा