ढाड दुख्ने समस्याकाे राेकथाम र उपचार

अचेल अधिकांश मानिसको एउटै समस्या सुनिन्छ, ढाड दुख्ने। लामो समय एउटै स्थानमा बसेर काम गर्दा यो समस्या आएको बुझ्न सकिन्छ। यस्ता समस्या धेरैजसो किशोरी महिला वा विशेषगरी गृहिणीमा देखिन्छ। एकोहाेराे घरको काम गरिरहँदा उनीहरूलाई यो समस्या आउँछ।
लामो समयसम्म एउटै स्थानमा रहेर काम गर्ने, कम्प्युटरमा धेरै बस्ने बैंक तथा वित्तीय सस्थामा काम गर्ने, लामो समय मोबाइल चलाउनेहरूमा पनि यस्तो समस्या देखिन्छ। वजन धेरै भएका र लामो समयसम्म उभिएर वा निहुरेर काम गर्ने व्यक्ति याे समस्याबाट पीडित हुन्छन्।
शरीरका विभिन्न अंगहरूमध्ये मेरुदण्ड महत्त्वपूर्ण मानिन्छ। मेरुदण्डले शरीरको पूरै भार धानेको हुन्छ। मेरुदण्ड अर्थात् स्पाइनल कर्डले शरीरको हातखुट्टालाई सञ्चालन नियन्त्रण गर्छ। मेरुदण्डले शरीरको भार बोकेको हुन्छ। यसलाई दायाँबायाँ मासंपेशीले सहयोग गरेको हुन्छ। यस्ता मांसपेशी कुनै एउटा समयमा थाक्न शुरू हुन्छ। यसपछि दुखाइ भएर आउने हो।
बिरामीहरू ढाड दुख्यो, गर्दन दुख्यो, पाता दुख्यो भन्दै अस्पताल आउँछन्। व्यक्तिको बस्ने तरिका, काम गर्ने तरिका नमिलेको कारण यस्ता समस्या देखा पर्छ। साथसाथै शरीरको वजनको कारणले गर्दा उमेरसँगै देखिने परिवर्तनको कारणले यस्ता समस्या देखिन्छ।
सर्वप्रथम शरीरमा दुखाइ हुन्छ। दिनमा भन्दा रातमा बढी दुखाइ हुन्छ। हातगोडामा पनि समस्या देखा पर्छ। हिँडदा गोडाको ‘ब्यालेन्स’ नभएको जस्तो महशुस हुन्छ। औँला पैताला नचल्ने, हातगोडा झमझम गर्ने, पोल्ने, लाटो हुन जस्ता समस्या देखिए यसलाई गम्भीर रूपमा लिनुपर्छ। तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ।
यस्ता समस्या आउँदा धेरै मानिस आत्तिन्छन्। शल्यक्रिया नै गर्नुपर्ने हो कि भनेर डराउँछन्। आनीबानी र जीवनशैली परिवर्तन गरेर पनि समस्या समाधान गर्न सकिन्छ। बसाइको तरिका मिलाउँदा वा शरीरको वजन घटाउँदा पनि यो समस्या समाधान हुन्छ।
दिनमा भन्दा रातमा धेरै दुखाइ महशुस भएको छ वा निद्रामा बिउँझिने खालको छ वा पल्टिँदा दुख्ने हुन्छ भने हड्डीमा केही समस्या छ कि भन्ने अनुमान गर्न सकिन्छ। यस्ता किसिमका दुखाइ हुँदा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ। समयमा परीक्षण गराउनुपर्छ। रातमा राम्रोसँग निन्द्रा लाग्छ, हातगोडामा समस्या छैन, कमजोरी छैन, पिसाबमा केही पनि समस्या छैन भने आत्तिनु पर्दैन।
जीवनशैली तथा खानपानमा सुधार ल्याएर र केही सावधानी अपनाएर यो समस्या रोक्न सकिन्छ–
स्वस्थकर खानपान गर्ने
धूमपान, मद्यपान नगर्ने
होचो स्थानमा नबस्ने, टुक्रुक्क नबस्ने
पलेँटी मारेर कम बस्ने
एउटै स्थानमा लामो समयसम्म नबस्ने
लामो समय बस्नुपर्ने छ भने वेलावेलामा उभिने
धेरै समय उभिने काम छ भने वेलावेला बस्ने
शरीरको वजन सन्तुलनमा ल्याउने, शारीरिक व्यायाम गर्ने।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा