चिसो मौसममा बाथकाे असर

चिसो मौसममा शरीरमा विभिन्न समस्या देखिन्छ त्यसमध्ये बाथ अर्थात् ‘आर्थराइटिस’ पनि एक हो। बाथ भन्ने बित्तिकै शरीरको जोर्नीमा मात्र असर गर्छ भन्ने आम बुझाइ छ। बाथ शरीरको जुन सुकै ठाउँमा पनि हुनसक्छ । यसले जोर्नीमात्रै नभएर सबै अंगमा असर पुर्याउन सक्छ।
बाथ समस्याले अस्थिपञ्जर प्रणालीलाई पनि असर गर्छ। शरीरको हड्डी, मासु, फोक्सो, मुटु र आँखा जहाँबाट पनि यो समस्या शुरु हुन सक्छ। चिसोमा बाथले अझ बढी दुख दिने गर्छ । त्यसैले बाथ रोग लागेका बिरामीले चिसो मौसममा आफूलाई अझ बढी ध्यान दिनुपर्ने हुन्छ । औषधि खाइरहेका बिरामीले पनि आफनो औषधिले काम गरिरहेको छ छैन नियमित डाक्टरको निगरानीमा रहन जरुरी हुन्छ ।
कहिलेकाहीं मौसमका कारण पनि रोग बढ्ने हुन्छ जसका लागि औषधिको मात्रा मिलाउनुपर्ने हुनसक्छ । यसका साथै आफूलाई न्यानो राख्ने, पानी धेरै नखेलाउने यदि पानी चलाउनै परेमा पञ्जाको प्रयोग गर्ने गर्नु राम्रो हुन्छ ।
बाथका लक्षण
जोर्नी दुख्ने
ढाड दुख्ने
शरीर अरराे हुने
मासंपेशी दुख्ने
आँखा दुख्ने
हातगोडाको औँला निलो हुने
हातगोडा झमझमाउने
हातगोडा सिधा नहुने
शरीर जाम भएको जस्तो महशुस हुने
शरीरमा गिर्खा आउने
ज्वरो आउने
फोक्सोमा, पेटमा पानी जम्ने आदि
यस्ता लक्षण देखिए चिकित्सकको सल्लाह लिनुपर्छ। लक्षण देखिनेबितिकै रोकथामको पहल नगरे शरीरको महत्त्वपूर्ण अंगलाई पनि असर गर्छ। बाथको उपचार गर्न कुन किसिमको हो भन्ने पत्ता लाग्न जरुरी छ।
यस्ता बिरामीले सम्बन्धित चिकित्सकको सल्लाह लिएर उपचार गर्न र खानपान जीवनशैली लगायतमा सावधानी अपनाउन आवश्यक छ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्