बच्चामा ‘डाउन सिन्ड्रोम’काे सम्भावना त छैन?, गराउनुस् ‘एनआईपीटी’

बच्चा स्वस्थ जन्मियोस् भन्ने चाहना नराख्ने आमाबाबु सायदै होलान्। तर सधैँ आफूले सोचेजस्तो हुँदैन। वंशाणुगत लगायत विविध कारणले विकलांग बच्चा जन्मिन सक्छ। त्यसमध्ये एक हो, डाउन सिन्ड्रोम। यो समस्या यही कारणले हुन्छ भन्ने अहिलेसम्म कसैलाई पनि थाहा छैन। तर यसलाई बेलैमा पत्ता लगाउन भने सकिन्छ।
पहिलो कुरा त महिलाको बच्चा जन्माउने सही उमेर हुन्छ। उमेरभन्दा अघि या पछि बच्चा जन्माउँदा धेरै जोखिम आउन सक्छन्। ३० वर्षपछि आमा बनेकाहरूबाट जन्मिने बच्चामा डाउन सिन्ड्रोम हुने जोखिम अन्य महिलाको तुलनामा बढी हुन्छ। आजभोलि ‘करिअर’ बनाउने नाममा महिलाहरूले ३० वर्ष कटेपछि विवाह गर्ने गरेको पाइन्छ।
बच्चा जन्माउने बेलासम्म ३५ वर्ष भइसक्छ। जसले गर्दा यसको जोखिम पनि बढ्दै जान्छ। यसको मतलब उमेर बढी भएका कारणले मात्र डाउन सिन्ड्रोम भएका बच्चा जन्मिन्छन् भन्ने होइन तर यसको जोखिमको मात्रा मात्र बढ्दै जान्छ। त्यसैले पनि ढिला विवाह गर्ने र ढिला बच्चा जन्माउने महिलाले ‘एनआईपीटी’ गराउनु उचित हुन्छ।
के हो एनआईपीटी?
एनआईपीटी अर्थात् नन इन्भ्यासिभ प्रि नेटल टेस्ट यस्तो जाँच हो जसमा बच्चा आमाको पेटमा भएका बेला उसमा डाउन सिन्ड्रोम लगायत हुने सम्भावना छ वा छैन भनेर पत्ता लाग्छ। यसमा आमाको रगतबाट बच्चाको डीनए निकालेर जाँच गरिन्छ। बच्चालाई सुईद्वारा घोच्ने वा दुखाउने नगरी जाँच गरिने हुनाले यसलाई नन एन्भ्यासिभ प्रि नेटल टेस्ट भनिएको हो।
यो जाँच गर्भवती भएको १२ हप्तादेखि २२ हप्तासम्म गर्न सकिन्छ। तर २२ हप्ता नकुरी जति सक्दो चाडो जाँच गरेको राम्रो। किनकी बच्चामा खराबी हुने देखियो भने के गर्ने भन्ने निर्णय लिन आमा बाबुलाईसमय हुन्छ। अपांगता भएका भए पनि बच्चा जन्माउन चाहन्छु वा चाहँदिन भन्न पाइयो। हामीसँग सुरक्षित गर्भपतन गराउन पाउने कानुनी अधिकार पनि छ।
यसरी समयअगावै आफ्नो बच्चा कस्तो जन्मिँदैछ भनेर मानसिक रूपमा तयार हुन सकियो। विकलांग बच्चा जन्मिँदा परिवारलाई जीवनभर समस्या त हुन्छ नै। बच्चा जन्माउने कि स्वस्थ बच्चा जन्माउने भन्ने ठूलो कुरा हो। अर्को कुरा यस्ता बच्चाका कारण आमालाई पनि स्वास्थ्य समस्या देखि सक्छ। समयमै पत्ता लाग्दा यस्ता समस्या कम गर्न सजिलो हुन्छ।
त्यसो त यो जाँच केही महँगो छ। तर विकलांग जन्मेर जीवनभर परिवार र स्वयं बच्चालाई गाह्रो हुनुभन्दा यो कुरा पहिले नै पत्ता लगाएको राम्रो हुन्छ। जबकि यी कुर शुरुमै पत्ता लाग्छन् भने किने नगर्ने? विकसित मुलुकमा गर्भवती अवस्थामा एनआईपीटी अनिवार्य मानिएको छ। तर हामीकहाँ यो सेवाको बारेमा धेरैलाई थाहा नै छैन।
हुन त एनआईपीटी स्क्रिनिङ टेस्टभित्र पर्छ तर यो जाँचले लगभग ९९ प्रतिशत रोगको सम्भावना पत्ता लाग्छ। पछिल्लो समय डाउन सिन्ड्रोमका केस अस्पतालमा पहिलेको तुलनामा अलि बढी नै आएको पाइन्छ। हुन त यसबारेमा चेतना बढेर पनि होला। अर्को कुरा यो समस्या पनि बढेकै छ जस्तो लाग्छ।
नेपालमै हुन्छ एनआईपीटी
एनआईपीटी जाँच केही महिनाअघिसम्म नेपालमा थिएन। तर हाल यो सेवा उपलब्ध छ। वीर अस्पतालमा वंशाणुगत रोगका केही जाँच उपलब्ध भए पनि यो जाँचका लागि भारत लगायतका अन्य मुलुक पठाउनुपर्ने अवस्था थियो। अब जाँच बाहिर पठाउनुपर्ने बाध्यता अत्य भएको छ। यो सेवा नेपालमै शुरु भएको छ, नोभा इन्टरनेसनल डाइग्नोष्टिकले यो सेवा दिन शुरु गरेको छ। बच्चा जन्माउन चाहने दम्पतीले शुरुमै जेनेटिक काउन्सिलिङ लिए र बच्चा गर्भमा हुँदा एनआईपीटी जाँच गराएमा यस्ता समस्या वेलैमा पत्ता लाग्छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा