चिसो मौसममा यसरी गर्नुस् छालाको सुरक्षा

चिसोयाममा मानवशरीरमा विभिन्न किसिमका समस्या आउँछन्। जाडाे माैसममा सबैभन्दा बढी प्रभावित हुने हाम्रो शरीरको अंग भनेको छाला हो। चिसोका कारण छाला ड्राइ (फुस्रो) हुने, फुट्ने र सुन्निने किसिमका समस्या आउँछन्। विशेषगरी ओठ, गाला, हात र कुर्कुच्चा फुट्ने समस्या बढी देखिन्छ। यसैले चिसोयाममा छालाको हेरचाह विशेष किसिमले गर्नुपर्छ।
छालाको सुरक्षाका लागि चिसोबाट बच्नु सबैभन्दा उत्तम उपाय हो। साँझपख वा बिहान चल्ने चिसो हावाबाट अन्य अंगका साथै अनुहार जोगाउनुपर्छ। घाँटी, कानलगायतका अंग ढाक्नेगरी टोपी वा गलबन्दी लगाउनुपर्छ। हातगाेडामा बाक्लाे खालका पञ्जा माेजा लगाउनुपर्छ। विशेषगरी बिहान बेलुकी काममा निस्किने, माेटरसाइकल–स्कुटर चलाउने वा पछाडि बस्नेले चिसाेबाट जाेगिन विशेषकिसिमका कपडा लगाउनुपर्छ।
भाँडा माझ्ने, लुगा धुनेलगायत काम सकिएपछि छालाको सुरक्षाका लागि ‘मस्चराइजर क्रिम’ लगाउन सकिन्छ। साथै ओठ फुट्ने समस्या आउन नदिन पनि बजारमा पाइने गुणस्तरीय क्रिमको प्रयोग गर्न सकिन्छ।
भाँडा माझ्दा वा लुगा धुँदा चिसो पानी प्रयोग नगरी मनतातो पानी प्रयोग गर्नुपर्छ। अहिले त बजारमा पानीबाट जाेगाउने विभिन्न प्रकारका पञ्जा पाइन्छन्। लुगा धुँदा एकबिहानै नभई घाममा पानी तताएर पनि गर्न सकिन्छ। जाडोयाममा सबैभन्दा कठिन भनेको नुहाउनु हाे। कतिपय मानिस तातोपानीले नुहाउन चाहन्छन्। जाडोको बहानामा तातोपानीले नुहाउनु पनि उचित होइन। यसले झन् छालाको समस्या ल्याउन सक्छ। त्यसैले तताएको पानीलाई मनतातो पारेर नुहाउन सकिन्छ।
भाँडा माझ्ने, लुगा धुनेलगायत काम सकिएपछि छालाको सुरक्षाका लागि ‘मस्चराइजर क्रिम’ लगाउन सकिन्छ। साथै ओठ फुट्ने समस्या आउन नदिन पनि बजारमा पाइने गुणस्तरीय क्रिमको प्रयोग गर्न सकिन्छ। गाईभैँसीको दहीबाट निस्किने नौनीको प्रयोगबाट पनि छालाको सुरक्षा गर्नुपर्छ। हातगोडाका छालाको सुरक्षाका लागि पनि विभिन्न खालका गुणस्तरीय क्रिमको प्रयोग गर्न सकिन्छ।
जाडोको बहानामा दिउँसो घाममा पनि छालालाई खुला छाडेर हिँड्नु उपयुक्त हुँदैन। सनस्क्रिन लगाएरै निस्किनु राम्रो हुन्छ। घामको किरण पनि शरीरका लागि अत्यावश्यक छ। चिसो मौसममा घाममा थोरै समय बस्दा पनि हुन्छ तर कतिपयलाई लामो समयसम्म घाममा बस्दा ‘सन एलर्जी’ पनि हुन सक्छ। चिसाेबाट बच्न आगो ताप्ने चलन छ। विचार नपुर्याउँदा छालामा असर पुर्याउने मात्र हाेइन यसले अंगभंग गराउने वा ज्याने लिनसक्ने खतरा पनि रहन्छ। त्यसैले आगो ताप्दा सतर्कता अपनाउनुपर्छ। साना नानीहरूलाई जाेगाउनुपर्छ।
जाडोमा विशेषगरी भिटामिन सी भएका खानेकुरा जस्तै कागती, अमला, सुन्तलाजस्ता फलफूल खानुपर्छ। जाडाेमा विशेषगरी ताताे र झाेल पदार्थ पिउनु राम्राे हुन्छ। यी खानेकुराले छालालाई फाइदा पुर्याउँछन्। चिसो भनेर कतिपयले पानी धेरै पिउँदैनन्। अगाडि पिइरहेकाेभन्दा मात्रा घटाउँदै लग्छन्। यो बानी राम्रो होइन। उमालेर मनतातो पारेको पानी प्रशस्त पिउनुपर्छ। शरीरमा पानीको कमी भए पनि छाला सुख्खा हुने समस्या आउँछ।
धुवाँधुलो पनि छालाका शत्रु हुन्। यसका कारण छालामा एलर्जी हुनेलगायत समस्या देखिन्छ। शहरबजारमा धुवाँधुलोको समेत समस्या भएकाले यिनबाट छालालाई जोगाउन आवश्यक छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा