जिका भाइरसबाट जाेगिने उपाय : बच्नुस् लामखुट्टेकाे टाेकाइबाट

लामखुटेबाट सर्ने थुप्रै भाइरसमध्ये एक हो, जिका। जिका भाइरसयुक्त लामखुट्टेले टोक्दा अलि अलि चिलाउँछ। यसको संक्रमणले आँखा रातो हुन्छ। सामान्य ज्वरो आउने, टाउको, जिउ र जोर्नी दुख्ने यसका लक्षण हुन्। डेंगु र जिका ल्याउने लामखुट्टेमा खासै भिन्नता हुँदैन। अर्थात् हेरेर जिका भाइरस ल्याउने लामखुट्टे चिन्न सकिँदैन।
जिका भाइरसलेसबैभन्दा बढी असर पुर्याउने भनेको गर्भवतीलाई हो। यो भाइरस भएको लामुट्टेले टोक्दा गर्भ खेर जाने, छिटो बच्चा जन्मिने जस्ता समस्या देखिन्छ। विश्वमा शिशु मृत्युदर बढाउन पनि यसको भूमिका छ। गर्भवतीलाई टोक्दा पेटमा रहेको बच्चाको वृद्धिविकासमा असर पर्छ। स्नायु प्रणलीमा प्रत्यक्ष रूपमा असर गर्दा जन्मिने बच्चाको आँखा र कानमा समस्या आउने तथा शरीर लुलो हुने जस्ता समस्या हुन्छ।
नेपालमा जिका भाइरसको समस्या त्यति देखिएको छैन। तर खतरामुक्त पनि भन्न सकिँदैन। गत वर्ष २०१८ भारतमा जिकाको प्रकोप फैलिएर सयौँको संख्यामा मानिस संक्रमित भएका थिए। भारतमा नोकरीको लागि गएको वा अन्य देश गएका नेपाली नागरक संक्रमित भएर नेपाल फर्किँदा यसले असर गर्न सक्छ।
छिमेकी देश भारत र नेपालको खुला सिमानाका कारण मानिस उताबाट यता आउँदा यो समस्या उत्पन्न हुन सक्छ। यो भाइरसबाट संक्रमित मानिसले शारीरिक सम्पर्कको क्रममा यो भाइरस सार्ने खतरा बढी हुन्छ। रोजगारीका लागि भारत गएका मानिसले यता ल्याएर श्रीमती र बच्चामा पनि सार्ने सम्भावना निकै हुन्छ। यसले गर्दा नेपाल पनि जिका भाइसरको जोखिममा छ।
नेपालको सन्दर्भमा कुरा गर्दा जिका भाइरस संक्रमित भेटिएको रेकर्ड खासै छैन। भए पनि उनीहरू चिकित्सकको सम्पर्कमा नआएका हुनसक्छन्। जिका भइरस संक्रमित भएको हो कि होइन भन्ने थाहा पाउन प्रयोगशालामा परीक्षण गर्नैपर्छ। यसबाट बच्ने उपाय लामखुट्टेको टाेकाइबाट बच्नु नै हो।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा