जाडाेमा यसरी गर्नुस् स्वास्थ्यरक्षा

मौसम परिवर्तन प्रकृतिको नियम हो। जाडोपछि गर्मी, गर्मीपछि जाडो समय घुमिरहन्छ। मौसम परिवर्तनसँगै वातावरणमा पनि परिवर्तन आउँछ। त्यसले मानिसलगायत सबै जीवजन्तुलाई असर पार्छ। अघिल्लो याममा अपनाएको दिनचर्या अर्को याममा उपयुक्त नहुन सक्छ। त्यसैले मौसमअनुसारको खानपान, व्यवहार र दिनचर्या गर्न आवश्यक छ।
जाडोयाममा सबैलाई चिसोले सताउँछ। तर विशेषगरी बालबालिका, वृद्धवृद्धा र सुत्केरीलाई बढी प्रभाव पर्छ। चिसोको कारण रुघाखोकी, ज्वरो टाइफाइड, निमोनिया, टन्सिल, हातखुट्टाका छाला फुट्ने सुन्निने जस्ता समस्या आउँछन्। अझ काठमाडौंजस्ता शहरी क्षेत्रमा धुलो र धुवाँ प्रभाव बढी छ। चिसोयाममा धुलोधुवाँ स्वास्थ्यका लागि झन् खतरनाक मानिन्छन्।
चिसाेयाममा आउने स्वास्थ्य समस्या– रूघाखाेकी, ज्वराेलाई घरमै भान्सामा भएका तुलसी, मह अदुवा, ल्वाङ, दालचिनी, जिरा आदिको प्रयोगबाट निर्मूल पार्न सकिन्छ। जाडो भन्दैमा पानी पिउन छाड्नुहुँदैन। पर्याप्त पिउनुपर्छ। स्वास्थ्यसम्बन्धी जटिल समस्या देखिए तुरुन्त चिकित्सककोमा जानुपर्छ।
चिसोबाट न्यानो कपडा लगाउन, रसिलो तातो पदार्थ खाने गर्नुपर्छ। सम्भव भएसम्म घाम ताप्ने, भिटामित सीयुक्त पदार्थ सुन्तला, अमला, कागती सेवन गर्ने गर्नुपर्छ। खानमा अदुवा, दालचिनी, ल्वाङजस्ता मसलाको प्रयोग बढाउन सकिन्छ। यी पदार्थले शरीरलाई न्यानो राख्न र स्वस्थ बनाउन सहयोग पुर्याउँछन्। तुलसीजस्ता आयुर्वेदिक वनस्पतिकाे प्रयाेगले राेगबाट बच्न सकिन्छ।
बालबालिकालाई सकेसम्म धेरैबेर बाहिर चिसोमा बस्न दिनुहुँदैन। विशेषगरी बिहान बेलुकी हातपाखुरा घाँटीसम्म छोप्ने कपडा लगाइदिनुपर्छ। हातगोडामा पञ्जा र मोजा लगाइदिनुपर्छ। वृद्धवृद्धहरूलाई न्यानो कपडा दिने र तातो झोल पदार्थ खान दिनुपर्छ। विशेषगरी दम भएकालाई चिसोले धेरै सताउने भएका कारण सावधानी अपनाउनुपर्छ। पानी तताएर मनतातो पारेर पिउनुपर्छ। फ्रिजमा राखेका खानेकुरा कहिल्यै नखानु राम्राे, अझ जाडाेयाममा त हुँदै हुँदैन। घरमै तयार हुने हलुवा, खिरजस्ता खानेकुरामा जाेड दिनुपर्छ। जाडाेयाममा तिल, बदाम र सख्खरबाट बनेका पदार्थ खाँदा पनि शरीरमा ऊर्जा आउँछ। तरुल, पिँडालुजस्ता कन्दमूलले पनि स्वस्थ रहन मद्दत पुग्छ। जाडाेकाे वेला भाेगटे, लप्सी आदिबाट बनेका अचारले पनि फाइदा पुर्याउँछ।
विशेषगरी शहरी क्षेत्रमा ‘मर्निङ वाक’मा जाने चलन छ। अचेल धुलो र धुवाँ बढी फैलिएकाले विचार पुर्याउनुपर्छ। बिहान गाडी धेरै नचल्दै मर्निङ वाकमा निस्किन सकिन्छ। मर्निङ वाकमा निस्किँदा चिसोलाई मध्यनजर गर्दै न्यानो कपडा लगाउनुपर्छ। प्रदूषणको मार खेप्नुभन्दा चिसो यामभर घरैमा पनि व्यायाम गर्न सकिन्छ। अति चिसो हुँदा आगो बालेर ताप्ने पनि चलन छ। दाउरा बाल्दा धुवाँबाट बच्नुपर्छ। विद्युतीय हिटर चलाउँदा करेण्ट लाग्नसक्नेतर्फ सचेत रहनुपर्छ। कोठा न्यानो पार्ने बहानामा झ्यालढोका पूरै थुनेर आगो बालेर सुत्दा अक्सिजन कमी भई मानिसको मृत्युसमेत हुनसक्छ। जाडोमा यी पक्षमा समेत विचार पुर्याउनुपर्छ।
चिसाेयाममा आउने स्वास्थ्य समस्या– रूघाखाेकी, ज्वराेलाई घरमै भान्सामा भएका तुलसी, मह अदुवा, ल्वाङ, दालचिनी, जिरा आदिको प्रयोगबाट निर्मूल पार्न सकिन्छ। जाडो भन्दैमा पानी पिउन छाड्नुहुँदैन। पर्याप्त पिउनुपर्छ। स्वास्थ्यसम्बन्धी जटिल समस्या देखिए तुरुन्त चिकित्सककोमा जानुपर्छ।
कुराकानीमा आधारित
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा