शारीरिक तथा मानसिक शान्तिका लागि शिरोधारा

अचेल जीवनशैली र खानपानका कारण मानिसहरू विभिन्न रोगबाट पीडित भइरहेको लुकेको छैन। कतिपय मानिस शारीरिक मात्र नभई मानसिक समस्याबाट ग्रसित भएको देख्न सकिन्छ। यी समस्याहरूको समाधानका लागि आयुर्वेद वा प्राकृतिक चिकित्सा प्रभावकारी मानिन्छ । शिरोधारा र यसको महत्व
आयुर्वेदमा शिरोधारा विधिको विशेष महत्त्व छ। यसलाई आयुर्वेदमा ‘स्नेयन’ पनि भनिन्छ। यो विधिबाट उपचार गर्दा शरीरमा विभिन्न औषधियुक्त तेल वा घृतको प्रयोग गरिन्छ। नामबाटै प्रष्ट हुन्छ, शिरमा धारा दिएर उपचार गर्ने पद्धति भन्ने। शिरोधाराले शरीरलाई मात्र नभई मानसिक रूपमा शान्ति दिन्छ। शिरोधारा गर्नुअघि शिर मालिस (मसाज) गरिन्छ। त्यससँगै तामाको भाँडाबाट चार अम्मल माथिबाट औषधियुक्त तेल निधारमा खसालिन्छ। तेल खसाल्ने दूरी धेरै टाढा वा धेरै नजिक हुँदा प्रक्रिया नमिल्न सक्छ। यसले दिनुपर्ने फाइदा नदिन सक्छ।
शिरोधारामा प्रयोग गरिने तेल मनतातो हुनुपर्छ। मानव शरीरको तापक्रमभन्दा अलि तातो तेल प्रयोग गर्नुपर्छ, ३९–४० डिग्री सेन्टिग्रेट हुनुपर्छ। शिरोधारामा हामीले तिलको तेल प्रयोग गर्ने गरेका छौ। बिरामीको रोगअनुसार चन्दनको तेल वा घृत पनि प्रयोग गर्न सकिन्छ। अथवा ‘तक्र’ पनि प्रयोग गर्छौँ।
शिरोधारामा पनि व्यक्तिको प्रकृति, उसमा भएको रोग वा समस्याको प्रकृतिको ख्याल गर्नुपर्छ। त्यसअनुसार उलाई कस्तो खालको ‘द्रव्य पदार्थ’ आवश्यक छ भन्ने यकिन गर्न आवश्यक छ। रोगअनुसार फरक फरक तेलको प्रयोग हुन्छ।
शिरोधाराका क्रममा हामी बिरामीलाई सुताएर उसको आँखा छोपिदिन्छौँ। यसले बिरामीलाई शान्ति दिन्छ। यो क्रममा कोही कोही निदाउँछन् पनि। यो प्रक्रिया आधा घण्टा वा एक घण्टा चल्न सक्छ। यो प्रक्रिया सकिएपछि केही समय आराम गर्न लगाइन्छ। त्यससँगै जलले स्नान गर्न लगाउँछौँ।
शिरोधाराले तनाव, थकान, चिन्ता डिप्रेसन, बेचैनी तथा निद्रा नलाग्ने समस्या दूर गराउँछ। शिरोधारा बिरामी व्यक्तिले मात्र गर्ने भन्ने होइन, स्वस्थ व्यक्तिले पनि गराउन सक्छन्। यसले मानव शरीरलाई थप ऊर्जा प्रदान गर्छ। नकारात्मकबाट सकारात्मक सोच उत्पन्न गराउन पनि यसले महत्त्वपूर्ण भूमिका खेल्छ।
कतिपयले सोच्छन्, शिरोधारा विशेष रोग भएकाले मात्र गराउने हो। तर होइन शारीरिक समस्या नभएकाले पनि यो गराउन सक्छन्। शरीरलाई ऊर्जावान् वा चुस्त, स्फूर्त बनाउन यो प्रभावकारी हुन्छ। शिरोधाराको महत्व बुझेर अचेल मानिसहरू यसप्रति आकर्षित भइरहेका छन्। शिरोधारा विधिमा स्वदेशी मात्र नभई विदेशीहरूको समेत आकर्षण बढेकोे देख्न सकिन्छ।
डा. साइरस न्यौपाने धनवन्तरी आयुर्विज्ञान अध्ययन संस्थान एण्ड अस्पतालमा कार्यरत छन्।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा