हेलचेक्र्याइँ नगर्नुस् मधुमेहमा, गुम्ला आँखाको ज्योति
मधुमेह निकै जटिल र दीर्घकालीन रोग हो। बेवास्ता र हेलचेक्र्याइँ गर्दा यसले मानव शरीरका महत्त्वपूर्ण अंग जस्तै, मुटु, मिर्गौला, आँखा एवं नसालाई बिगार्न सक्छ। मधुमेहले मानव शरीरमा असर गर्ने भनेको यसको प्रकार (टाइप) अनुसार भर पर्छ। मधुमेह सामान्यतया दुई प्रकारको हुन्छ, टाइप–१ र टाइप–२।
मधुमेहको लक्षण शरीरमा देख्नेबित्तिकै चिकित्सकको परामर्श लिएर उपचार गराइहाल्नुपर्छ। हामी यो समस्यालाई जति पछि पार्दै वा भोलि भोलि भन्दै बेवास्ता गर्दै जान्छौँ त्यति नै शरीरको मुख्य अंगमा असर पुग्छ। मधुमेह भएपछि प्रायले मिर्गौला र मुटु पनि जँचाउने गर्छन्। तर मधुमेहले आँखालाई पनि असर गर्छ भन्ने अधिकांशलाई थाहा हुँदैन। मधुमेह भएका धेरै मानिसलाई आँखामा असर गर्छ जसलाइ ‘डाइबेटिक रेटिनोप्याथी’ भनिन्छ। कतिपयलाई आँखा जाँच्दा मात्र पत्ता लाग्छ यसकाबारेमा।
मधुमेह भएपछि प्रायले मिर्गौला र मुटु पनि जँचाउने गर्छन्। मधुमेहले आँखालाई पनि असर गर्छ भन्ने अधिकांशलाई थाहा हुँदैन। मधुमेह भएका धेरै मानिसलाई ‘डाइबेटिक रेटिनोप्याथी’ हुन्छ। कतिपयलाई आँखा जाँच्दा मात्र पत्ता लाग्छ। त्यसैले यसले आँखामा असर गर्छ भन्ने जान्न जरूरी छ ।
त्यसैले मधुमेहको लक्षण देखेपछि आँखा जँचाउनै पर्छ। सँगै आँखाको पर्दा जँचाउन निकै आवश्यक हुन्छ। मधुमेह भएको बिरामीमा ७५ प्रतिशतलाई आँखामा असर भइसक्छ। आँखा जचाउन आउने बिरामीको झण्डै दुई तिहाई आँखाको पर्दामा असर गरिसकेको हुन्छ। मधुमेह जति जति बढ्दै जान्छ आँखाको समस्या पनि बढ्दै जान्छ। यो अनुभव गर्ने वा बिरामी आफैँले थाहा पाउने कुरा होइन, जाँचका क्रममा पत्ता लाग्ने विषय हो। यो समस्या ‘एडभान्स स्टेज’ नभई थाहा हुँदैन। हामीकहाँ आउने एक तिहाइ जति मधुमेहका बिरामी ‘एडभान्स स्टेज’ मा पुगिसकेका हुन्छन्। जुनबेला आँखाकाे दृष्टि जोगाउनै मुश्किल पर्छ ।

यसबाट बच्न पहिलाे कुरा मधुमेहलाई सन्तुलनमा राख्नुपर्छ। मधुमेहका लक्षण देखिनेबित्तिकै सम्बन्धित चिकित्सकसँग गएर परामर्श लिने र खानपान तथा जीवनशैलीमा ध्यान दिनुपर्छ। चिन्ता कम गर्ने, उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्छ। महिला गर्भवती हुँदा रक्तअल्पताको समस्या चाँडै समाधान गर्नुपर्छ। यसका साथै नियमित आँखा जाँच गराउनुपर्छ।
उपचार
मधुमेहका कारण आँखामा हल्का मात्र असर गरेको छ भने छ महिनादेखि एक वर्ष हेर्छौँ। आँखाको बिच भागमा रगत जम्यो भने ‘इन्जेक्सन’ दिन्छौँ। यो मासिक रूपमा एकपटक गर्नुपर्छ। कम असर छ भने लेजर पद्धतिबाट उपचार गर्नुपर्छ। साथै शल्यक्रियाबाट पनि समस्या समाधान गर्न सकिन्छ। तर धेरै ढिला भएमा भने उपचार गरेर हुँदैन ।
डाइबेटिक रेटिनोप्याथीको उपचार महँगो हुन्छ। यसले बिरामी र परिवारको आर्थिक तथा मानसिक अवस्थामा पनि असर गर्छ। किनभने प्रत्येक महिना जँचाउन तथा परामर्शका लागि अस्पताल आउनुपर्छ। भनिन्छ, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस। त्यसैले मधुमेहीले समय समयमा आँखासँगै दृश्य पर्दाको जाँच गराउन आवश्यक छ।
कुराकानीमा आधारित



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य