चिसो शुरु भयो भनेर ढुक्क नपरौँ, अझै पनि हुनसक्छ डेंगु

चिसोयाम शुरु भयो अब डेंगुलगायत रोगको खतरा छैन भन्ने धेरैले सोच्ने गर्छन्। तर याद गर्नुपर्ने कुरा के भने चिसोयाम शुरु भए पनि तपाईँ हाम्रो घरआँगनबाट लामखुट्टे हराइसकेका छैनन्। जलवायु परिवर्तनको असरले चिसो सहन सक्ने लामखुट्टेको क्षमता बढेको देखिएको छ। त्यसैले पनि डेंगु वा लामखुट्टेबाट लाग्ने रोगको खतरा कम भइसक्यो भन्न सकिँदैन।
अहिले पनि हाम्रो अस्पतालमा डेंगुका बिरामी आइरहेकै छन्। डेंगुका बिरामी पहिले भन्दा निकै कम भए पनि परामर्शका लागि दैनिक ५०६० अस्पतालमा आउने गरेको छन्। पछिलो समय काठमाडौंको बल्खु, कलंकी र नयाँबजार तथा ललितपुरको सानेपाबाट बिरामी आइरहेका छन्। परामर्शका लागि विशेषगरी युवाहरू आउने गरेका छन्।
जलवायु परिवर्तनको असरले चिसो सहन सक्ने लामखुट्टेको क्षमता बढेको देखिएको छ। त्यसैले पनि डेंगु वा लामखुट्टेबाट लाग्ने रोगको खतरा कम भइसक्यो भन्न सकिँदैन।
हाम्रोमा के समस्या छ भने कुनै विपद आइलाग्दा आत्तिने तर समस्या सकिँदै गएपछि त्यसलाई चटक्क भुलिदिने। उच्च गर्मीमा मात्र होइन पछिसम्म पनि त्यसको असर हुन्छ भन्ने सबैले भुलेका छन्। त्यसैले जनचेतनाका काम जारी नै राख्नुपर्थ्याे। तर त्यो भएन।
गएको गर्मीयाम त गइहाल्यो। अर्को वर्ष पनि गर्मीयाम आउँछ। त्यसका लागि पूर्वतयारी गर्ने वा सचेतना फैलाउने काम अगाडि नै गर्नुपर्छ। डेंगुबाट बच्न अपनाउनुपर्ने पूर्वतयारीका बारेमा सचेतना अपनाउनुपर्छ। लामखुट्टे निर्मूल पार्न र तिनको टोकाइबाट बच्न अपनाउने प्रक्रियाबारे ज्ञान हुनुपर्छ।
जनमानसमा अझै पनि डेंगुबारे धेरै भ्रम छ। त्यसैले यो भ्रम चिर्न सचेतनाको आवश्यकता छ। डेंगु हुँदैमा आत्तिनुपर्दैन। लक्षणअनुसार घरैमा वा चिकित्सकको सल्लाह लिएर उपचार गर्नुपर्छ भन्ने ज्ञान सबैमा हुनैपर्छ।
कुराकानीमा आधारित
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा