‘काठमाडौंमा बस्दा गाउँमा हुने दुर्गापूजा मिस गर्छु’

म सिरहामा जन्मेँ। जनकपुरमा पढेँ। तराईमा दशैँको महत्त्वपूर्ण पक्ष भनेकै दुर्गा पूजा हो। त्यहाँ दशैँ भन्दा पनि दुर्गापूजाकै नामले चिनिन्छ यो चाड। गाउँमा छँदा दुर्गापूजामा असाध्यै रमाइलो हुन्थ्यो। पहिले पहिले हाम्रो गाउँमा टीका लगाउने चलन थिएन। घरमा दुर्गाको पूजा गरेको प्रसाद मान्यजनले लगाइदिनुहुन्थ्यो। त्यति नै हो। यहाँजस्तो पूर्णिमासम्म टीका लगाउने, अन्यत्र पनि जाने चलन थिएन।
तर काठमाडौं आएपछि ‘मिक्स कल्चर’ भएको छ। दुर्गापूजा पनि गर्छौँ। टीका पनि लगाउँछौँ। केटाकेटी यहीँ हुर्के। यहीँ बढे। यहीको रहनसहन। यहीँको संस्कृतिको प्रभाव पर्ने नै भइहाल्यो।
हाम्रो पालामा नयाँ लुगा लगाउने भनेकै दशैँमा हुन्थ्यो। अझ मेरा बुबा सरकारी जागिरे भएकाले दशैँको बिदामा आउँदा हामीलाई नयाँ लुगा लिएर घर आउनुहुन्थ्यो। नयाँ लुगा लगाउन पाउने आशमा हामी बुबाको बाटो हेरेर बस्थ्यौँ।
अहिले हामी सपरिवार काठमाडौंमै छ। त्यसैले हरेक दशैँमा म परिवारलाई समय दिन्छु। अरु धेरै जना दशैँको बिदा भयो घुम्न जाने योजना बनाउँछन्। तर म भने यो वेला घुम्न मन पराउँदिनँ। हामी डाक्टरले सबैभन्दा बढी बिदा पाउने भनेकै दशैँमा हो। दशैँमा पनि घुम्न गए परिवार र आफन्तलाई कहिले समय दिनेजस्तो लाग्छ। त्यसैले यसपटक पनि मेरो पूरा समय घरमा परिवारसँग नै बित्छ।
तराईमा पनि घटस्थापनामा दुर्गापूजा शुरु हुन्छ। प्रसाद लगाएपछि दशमीका दिन विसर्जन गर्ने चलन छ। म सानो छँदा राम र रावणका विभिन्न नाटक देखाउने गरिन्थ्यो। त्यो नाटक हेर्न हामी साथीहरू मिलेर घरबाट भागेर धेरैपटक नाटक गएका छौँ। भारत नजिकै भएकाले दशैँलाई चाहिने सरसामान किनमेल गर्न बुबासँगै त्यहाँका शहर गइन्थ्यो।
शहरको रमझममा मात्र होइन गाउँमा पनि निकै रमाइलो हुन्थ्यो। तराईमा दशैँको दिन नै नाचिने एउटा विशेष नाच हुन्छ जसलाई ‘झिझिया नाच’ भनिन्छ। झिझिया नाच्न घर घर जाने चलन छ। यो असाध्यै रमाइलो नाच हो। त्यसमा खुबै रमाइन्थ्यो।
अहिलेको मेरो योजना
अहिले हामी सपरिवार काठमाडौंमै छ। त्यसैले हरेक दशैँमा म परिवारलाई समय दिन्छु। अरु धेरै जना दशैँको बिदा भयो घुम्न जाने योजना बनाउँछन्। तर म भने यो वेला घुम्न मन पराउँदिनँ। हामी डाक्टरले सबैभन्दा बढी बिदा पाउने भनेकै दशैँमा हो। दशैँमा पनि घुम्न गए परिवार र आफन्तलाई कहिले समय दिनेजस्तो लाग्छ। त्यसैले यसपटक पनि मेरो पूरा समय घरमा परिवारसँग नै बित्छ।
बरु विदाका बेला नजिकैका परिवारलाई रमणीय स्थानमा लिएर जाने गर्छु। आमा बुबालाई मन्दिर लैजान्छु। उहाँहरू पनि छोराले तीर्थ गरायो भनेर खुशी हुनुहुन्छ। उहाँहरूसँगै बसेर कुरा गर्छु किनकी अरु बेलामा बिहानैदेखि भागदौड हुन्छ। यत्रो दौडधुपबीच पनि सन्तुष्टि हुने केही कुरा छ भने त्यो हो, बुबाआमा र परिवारको खुशी।
अझ यही बेलामा छिमेकीहरुसँग पनि कुराकानी गर्छु। कति त महिनौँ नदेखिएका हुन्छन। अहिले सबैजनाको व्यस्त जीवन छ। त्यसैले पनि दशैंको बिदालाई भेटघाट रमाइलो गर्न मन लाग्छ मलाई।
डाक्टर भएको नाताले मोबाइल बन्द गर्न मिल्दैन। तर सकेसम्म म मोबाइल र सामाजिक सन्जालमा समय बिताउँदिन। छोराछोरीलाई पनि मोबाइलमा धेरै समय बिताउन दिन्न।
दशैंमा परपाहुना आउने हुँदा सबैभन्दा बढी मार महिलाहरुलाई परिरहेको हुन्छ। त्यसैले मलाई के लाग्छ भने सबै मिलेर घरको काम गर्नुपर्छ। काम बाँड्दा सबैलाई सजिलो हुन्छ एक जनालाई मात्र भार पर्दैन। म घरमा आमा श्रीमतीलाई सघाउँछु।
हेल्थ टिभी अनलाइसँगको कुराकानीमा आधारित:
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा