Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आफ्नै आमालाई बचाउन सकिनँ…

आफ्नै आमालाई बचाउन सकिनँ…

तीन साताअघि ब्रेन स्ट्रोकका कारण वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तकी आमाको निधन भयो। शल्यक्रिया गरेर धेरै आमाहरूलाई बचाएका उनले आफ्नी आमाको पनि शल्यक्रिया त गरे त बचाउन सकेनन्। आफ्नी आमालाई त बचाउन सकेनन्। तर आमा बितेको आठ दिनको अवधिमा जटिल ‘केस भएका १२ जनाको ज्यान बचाउन सफल भए। त्याे सन्दर्भ डा. पन्तले हेल्थ टिभी अनलाइनसँग यसरी ‘सेयर’ गरे–

आमालाई उच्च रक्तचाप र मधुमेह दुवै थियो। तर पनि उहाँ असाध्यै ‘एक्टिभ’ हुनुहुन्थ्यो। आफ्नो काम आफैँ गर्न रुचाउने भएकाले खाना पकाउनेदेखि सबै आफैँ गर्नुहुन्थ्यो। सँधै झैँ माघ १४ गते पनि उहाँ खाना खाएर दिदीसँग तास खेल्दै हुनुहुन्थ्यो। त्यही क्रममा एक्कासी ढल्नुभएछ। दिदीले फोन गरेपछि म आफैँ एम्बुलेन्स लिएर गएँ। उहाँलाई ‘ब्रेन स्ट्रोक’ भएको रहेछ। हाम्रो टिमले तुरुन्त शल्यक्रिया गर्ने निधो गर्यौँ र तुरुन्त शल्यक्रिया गर्यौँ। त्यही दिन मैले नै शल्यक्रिया गर्नुपर्ने अरु दुईजना बिरामी थिए ।

मैले आमाको शल्यक्रिया सकेपछि अर्का दुई जनाको शल्यक्रिया गरेँ। भोलिपल्ट आमाको टाउकोको केही भाग सुन्निन थाल्यो जुन राम्रो संकेत थिएन। आमासँगै शल्यक्रिया गरेका बिरामीमा निकै सुधार आइसकेको थियो। तर उहाँको स्वास्थ्य झन् झन् जटिल बन्दै गयो। हामीले आमालाई बचाउन सकेनौँ।

हामी चिकित्सकहरूले हाम्रा बिरामीलाई आफ्नो तर्फबाट शतप्रतिशत दिने कोशिश गर्छौँ। यति गर्दागर्दै पनि कहिलेकाहीँ बचाउन सकिँदैन। विज्ञानले दिएको प्रविधि प्रयोग गरेर पनि बचाउन नसक्दा त्यसमा पछुतो हुँदैन जस्तो लाग्छ। मेरो आमाको ‘केस’मा पनि त्यही भयो। मैले र मेरो टिमले उहाँलाई शतप्रतिशत दिने कोशिश गर्यौँ तर सफल भएनौँ।

आमालाई शल्यक्रिया गर्ने बेलामा मेरा सहकर्मी डाक्टरहरुले ‘फरक महशुस हुन्छ कि’ भन्दै थिए। तर मलाई त्यस्तो केही अनुभव भएन। म त्यहाँ छोराभन्दा बढी डाक्टर थिएँ। बिरामीलाई बचाउन डाक्टरको तर्फबाट हरसम्भव प्रयास गर्नुपर्छ भनेर लागेँ। अरुको शल्यक्रिया गर्नु र आमाको गर्नुमा मेरा लागि एउटै नै थियो।

आमा बित्नुभयो। आमा गुमाउनुपरेको पीडा त थियो नै त्योसँगै मैले नै सर्जरी गर्नुपर्ने जटिल प्रकारका बिरामी थिए। त्यसैले मैले पुरोहितलाई पाँच दिनमा काजक्रिया सकाउन अनुरोध गरेँ। उहाँले मान्नुभएन। मैले मेरा बिरामीको अवस्था बताएपछि उहाँले शुरुका आठ दिन मलाई अस्पताल जान र शल्यक्रियाका लागि छुट दिनुभयो, बाँकी पाँच दिन मैले पूर्णरूपमा घरमै बसेर काजक्रिया गर्ने शर्तमा। आमा बितेको तेस्रो दिनदेखि शल्यक्रिया गर्न थाले।

त्यसो त मैले बिरामीलाई अन्य अस्पताल पठाउन पनि सक्थेँ। तर अन्तिम अवस्थामा मैले अन्त पठाउँदा ती बिरामीले समयमै उपचार पाउँछन् भन्नेमा ढुक्क हुन सकिनँ। दुई दिन ढिला हुँदा मृत्यु समेत हुनसक्ने बिरामी थिए त्यसैले पनि मैले आमा बितेपछि आठ दिनसम्म १२ जनाको जटिल प्रकारका शल्यक्रिया गरेँं। खुशीको कुरा ती सबै शल्यक्रिया सफल भए।

एउटा महत्त्वपूर्ण कुरा हामीले के बुझ्न जरुरी छ भने हामी चिकित्सकहरूले हाम्रा बिरामीलाई आफ्नो तर्फबाट शतप्रतिशत दिने कोशिश गर्छौँ। यति गर्दागर्दै पनि कहिलेकाहीँ बचाउन सकिँदैन। विज्ञानले दिएको प्रविधि प्रयोग गरेर पनि बचाउन नसक्दा त्यसमा पछुतो हुँदैन जस्तो लाग्छ। मेरो आमाको ‘केस’मा पनि त्यही भयो। मैले र मेरो टिमले उहाँलाई शतप्रतिशत दिने कोशिश गर्यौँ तर सफल भएनौँ।

कहिलेकाहीँ मसामु मेरा बिरामी ‘तपाईँले शल्यक्रिया गरेको पनि सफल भएन’ भन्दै आउनुहुन्छ। उहाँहरूलाई म ‘चिकित्सक भनेका निमित्त हुन्’ भन्छु। तर कहिलेकाहीँ उहाँहरूलाई लाग्दो हो, हामीले प्रयास नै गरेनौँ। तर डाक्टरका लागि सबै बिरामी आफ्नैसरह लाग्छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?