Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना

नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना

हेल्थ टिभी अनलाइन : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

दिनरात बिरामीको सेवामा तल्लीन हुने नर्सहरुको सम्मानमा उक्त कार्यक्रम गरिएको हो । अस्पतालको नर्सिङ विभागको संयोजनमा भएको कार्यक्रममा सबै नर्सहरुको कामको प्रशसा गर्दै केट काटेर एक आपसमा खुशी साटासाट गरिएको थियो ।

कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठले सधैं बिरामीलाई प्राथमिकतामा राखेर सेवामा लागेका नर्सहरुको सम्मानमा यो कार्यक्रम गरिएको र उनीहरुलाई अझ बढी हौसला आवश्यक रहेको जिकीर गरे । उनले बिरामीलाई निको बनाउन नर्सहरुको भूमिका महत्वपूर्ण हुने समेत जनाए ।

यसैगरी अस्पतालका मेडिकल निर्देशक डा बिजेशराज घिमिरेले नर्सहरु अवसर र अध्ययनको निम्ति विदेशिने परम्पराको अन्त्य गर्न स्वदेशमै सेवा सुविधा र सम्मान बढाउन पर्ने बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार