Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हरेक व्यक्तिका लागि उपयोगी छ फिजियोथेरापी

हरेक व्यक्तिका लागि उपयोगी छ फिजियोथेरापी

हेल्थ टिभी अनलाइन\ काठमाडौं :  फिजियोथेरापी मेडिकल साइन्सको यस्तो विधा हो जुन बाहिरी पद्धतिबाट नकाटि, नघोची, नदुखाईकन विभिन्न थेरापी र विद्युतीय माध्यमबाट उपचार गर्ने प्रक्रिया हो । मानिसमा हुने ढाडको समस्या, नशासम्बन्धी समस्या, प्यारालाइसिस जस्ता समस्याहरुलाई निको बनाउन गरिने पद्धति नै फिजियोथेरापी हो। यो रोगी व्यक्तिलाई मात्र नभई निरोगी व्यक्तिलाई पनि आवश्यक पर्दछा यो अर्थोपेडिक डिपार्टमेन्टमा, न्यूरोलोजी, कार्डियो, शल्यक्रिया पश्चात गरिने फिजियोथेरापी, विभिन्न डिफरमिटिजलाई सहि ढंगबाट निको पार्न आवश्यक छ ।

आजभोलि सर्ने रोग भन्दा नसर्ने रोगहरुले मानिसलाई दुःख दिईरहेको छ र घातक पनि बन्दै गइरहेको छ। कसरी खाने, बस्ने जस्ता क्रियाकलापमा विशेष ध्यान नदिएको अवस्था छ। त्यसैले यस्ता विभिन्न समस्या आउन नदिन सुरुदेखि नै यसलाई अपनाउन सके जटिलता आउँदैन। त्यसैले यसको आवश्यकता कुन बेला पर्छ भन्दा पनि रोग नलाग्दै फिजियोथेरापी गर्न सुरु गरियो भने विभिन्न घातक रोगबाट बच्न सकिन्छ । जीवनको गुणस्तर कसरी कायम गर्ने भन्ने कुरामा पनि यो आवश्यक छ।

मेरो आफ्नै अनुभव भन्ने हो भने मैले यो क्षेत्रमा काम गर्न थालेको झण्डै १३् \१४ वर्ष भइसक्यो र पहिले भन्दा यो एकदमै सहज भएको पाएको छु । मानिसहरूमा फिजियोथेरापीलाई लिएर जनचेतना बढेको छ । कसैलाई ढाड दुख्ने समस्या भयो भने अब के गर्ने त भन्दा फिजियोथेरापीले निको पार्न सक्छ भन्ने सम्म पुगेका छन्। धेरै औषधि खाएर शरीरलाई के हानि गर्छ र औषधि नखाई अरु के विकल्प छ त भन्ने तिर सोच्न थालेको पाइन्छ। अहिले आएर मानिसकाे शुलभ तरिकामा कसरी आफ्नो शरीरलाई व्यवस्थित गर्ने भन्नेतिर ध्यान केन्द्रित भएको पाइन्छा औषधि नखाई, शल्यक्रिया नगरी कसरी निको हुने भन्नेमा सोच्न थालेका छन्। यसकारण यसको अवस्था पहिलेको तुलनामा अत्यन्तै सन्तोषजनक पाउन सकिन्छ। अहिलेको अवस्थामा मानिसले फिजियाेथेरापीलाई  प्राथमिकतामा राखेको पाउन सकिन्छ।

वास्तवमै भन्नुपर्दा जीवनशैलीकाे समस्या पुरुषहरुमा भन्दा बढी महिलामा नै देखिने गरेको पाइएको छ। यसमा दुई तीन वटा कारणहरु छन् । पहिलो भनेको दिनचर्या र जीवन शैली नै हो। दोस्रो भनेको महिलामा हर्मोनल चेन्ज भइरहेको हुन्छ । जस्तै ४०, ४५ वर्ष कटेपछि महिलामा मेनोपोज हुन्छ। यसले गर्दा  हाडहरू दुख्ने समस्या देखा पर्दछ। महिलामा थाइराइडको समस्या पनि बढि देखिने भएको हुँदा हर्मोनको गडबडीले गर्दा घुँडा दुख्ने, हाडजोर्नी दुख्ने जस्ता समस्या निम्तिन्छ । अहिलेको अवस्था हेर्ने हो भने ८० प्रतिशत व्यक्तिमा भिटामिन डी र बी १२ को कमि देखिन्छ । यो किनु हन्छ भन्दा हाम्रो खानपान, जीवनशैली, घाममा नबस्ने जस्ता कुराले हुन्छ। त्यसकारण ढाड दुख्ने, हाडजोर्नी दुख्ने, मांसपेशी दुख्ने समस्या व्यापक रहेको छ। महिलाहरूमा हुने विभिन्न परिवर्तन गर्दा यस्ता समस्या पुरुषमा भन्दा महिलामा बढी पाउन सकिन्छ। त्यसैले महिलाहरूले विशेष ध्यान दिएर बेलैमा थेरापीहरू लिंदा उचित हुन्छ।

फिजियोथेरापी भन्ने बितिकै फिजिकल थेरापी हो जुन बाहिरी पद्धतिबाट गरिन्छ। यो रोग लागेर मात्र गर्ने होइन कि निरोगी व्यक्तिले पनि गर्न मिल्छ। आफ्नो जीवनशैलीलाई कसरी व्यवस्थित गर्ने, सहज बनाउने खालको वातावरण पनि हामीले सृजना गर्छौ ।  रोगी व्यक्तिलाई त हामी गाईड गर्छौ नै तर निरोगी व्यक्तिलाई पनि प्रोटोकोल प्रदान गर्दगर्छौ । त्यो फलो गर्नु भयो भने पछि गएर शरीरमा जटिल समस्याहरू आउँदैन त्यसैले यो रोग लागेका र नलागेका दुवै व्यक्तिका लागि उपयाेगी मानिन्छ ।

आफ्नो दैनिक जीवनशैलीलाई कसरी सन्तुलित, स्वस्थ र सहज बनाउन सकिन्छ सल्लाह लिनुहोस। मानिसहरू अफिसमा घण्टौ बसेर काम गर्ने गरेको पाइन्छ जसका कारण ढाड दुख्ने समस्या बढ्दो छ। कसरी बस्ने, के खाने, कस्ता कार्य गर्ने जस्ता सल्लाहहरू फिजियोथेरापिस्टले दिने गर्दछन्। तसर्थ म के सल्लाह दिन चाहन्छु भने तपाई निरोगी हुनुहुन्छ भने पनि एकपल्ट फिजियोथेरापिस्टकोमा गएर परामर्श लिनुहोस। यसो गर्दा भविष्यमा निम्तिने जटिल समस्याबाट सहजै छुटकारा पाउन सकिन्छ ।  सहि ढंगबाट गाईडलाइन पालना गर्नु भयो भने शरीरमा रोग लाग्ने सम्भाव अत्यन्तै कम हुन जान्छ । अहिले हेर्ने हो भने सबै भन्दा बढी नसर्ने रोगबाट मानिस ग्रसित छन। त्यसकारण यस्ता जटिलता बाट बच्नका लागि र यस्तो समस्याहरु नआओस भन्न फिजियोथेरापीको भूमिका अत्यन्तै महत्वपूर्ण छ।