Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सरबाट जोगिन डा अरुण शाहीका १० टिप्स

क्यान्सरबाट जोगिन डा अरुण शाहीका १० टिप्स

डा अरुण शाही

हेल्थ टिभी अनलाइन : नसर्ने रोगमध्ये क्यान्सर निकै जटिल र खर्चिलो रोगका रुपमा आउँछ । शुरुकै अवस्थामा थाहा नहुने र थाहा भइहाले पनि उपचार खर्च अत्यन्त महंगो हुनाले क्यान्सर तनावको कारण बन्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा लगभग २७ हजार मानिसले प्रत्येक वर्ष क्यान्सरकै कारण ज्यान गुमाइरहेका छन्। तर वास्तविक रुपमा नेपालमा यो भन्दा धेरै मानिसहरुको क्यान्सरका कारण मृत्यु भएको अनुमान गरिन्छ । किनकी धेरै रोगीहरु आर्थिक अभाव र जनचेतनाको कमीका कारण स्वास्थ्य संस्थासम्म आउनै सक्दैनन्। जसका कारण उनीहरुको रेकर्ड नै रहँदैन्।

आजका मानिसहरूको जीवनशैली निकै अव्यवस्थित हुन पुगेको छ। यही अव्यवस्थित जीवनशैलीको नतिजा हो क्यान्सर रोग बढ्नु । वंशाणुगत बाहेक क्यान्सररोग जीवनशैलीसँग सम्बन्धित छ । कतिपय क्यान्सर वंशाणुगत भए पनि केही क्यान्सर भने हाम्रो आनीबानी, जीवनशैली र खानेकुराका कारण लाग्ने गर्छ। हामीले अपनाइरहेको जीवनशैली मात्र परिवर्तन गर्नसके मात्र पनि धेरै हदसम्म क्यान्सरबाट जोगिन सकिन्छ।

हुन त नेपालले क्यान्सर रोग नियन्त्रण तथा निदानका लागि गरेका प्रयासहरु राम्रा नै छन् तर ती अपर्याप्त भने छन् र अझै सबैका लागि हुन सकेको छैन् भन्दा पनि हुन्छ । उपचार खर्चमा पनि समानता मात्र छ जबकी समता आवश्यक छ । केही क्यान्सर जुन क्यान्सर भए पनि जटिल हुँदैन १० हजारमा नै उपचार हुन्छ । उनीहरुका लागि पनि सरकारले एक लाख सहुलियत दिएको छ केही क्यान्सरमा लाखौं खर्च हुन्छ उनीहरुलाई पनि एक लाख नै सुहलियत छ । त्यसैले उपचारमा समानता हैन् समताको आवश्यकता देखिएको छ ।

अर्को कुरा गाउँघरमा अझै पनि क्यान्सरसम्बन्धी जनचेतना पुग्नै सकेको छैन। जसले गर्दा क्यान्सर फैलिसकेको अवस्थामा मात्र अस्पताल आउँछन् बिरामी जुन बेला बिरामीलाई बचाउन सक्ने र निको पार्ने सम्भावना कम हुन्छ । प्रायजसो क्यान्सर रोगको जनचेतना रोकथाम र नियन्त्रण सम्बन्धी कार्यक्रम सहर केन्द्रित देखिन्छन् ।

क्यान्सर पहिलो स्टेजमा थाहा हुने हो र उपचार गर्न सकियो भने पूर्ण रुपमा निको पार्न सकिन्छ । तर अझै पनि’क्यान्सर ह्याज नो आन्सर’ भनेर बिरामी बसिरहेको अवस्था छ । यसको मतलब अझै पनि धेरैलाई क्यान्सर लागेपछि मरिहालिन्छ भन्ने छ । तर अब त्यस्तो हैन् शुरुकै अवस्थामा क्यान्सरको उपचार भयो भने ठीक पार्न सकिन्छ । त्यसैले हामी आजभोलि ‘क्यान्सर ह्याज मल्टिपल आन्सर’ भन्छौं । समयमै उचित उपचार पाए क्यान्सर निकोहुने भए पनि नेपालमा जनचेतनाको कमी तथा आर्थिक स्रोत साधनको कमीका कारण समयमै उपचार नपाउने बिरामीको संख्या धेरै छ । खासगरी न्यून आय भएका बिरामीले समयमै उपचार नपाई ज्यान गुमाउन परिरहेको छ। क्यान्सरका सरकारी अस्पतालमै यसको उपचार महँगो छ भने निजी अस्पतालहरुमा कम आय भएका बिरामीको उपचार कल्पना बाहिरको कुरा हुने नै भयो । त्यसैले यसको उपचार सहज र सुलभ हुन जरुरी छ । अर्को कुरा रोग लागिसकेपछि उपचार भन्दा पनि रोग लाग्नै नदिनका लागि कार्यक्रमहरु आउन जरुरी छ र प्रत्येक व्यक्तिले रोग लाग्नै नदिनका लागि प्रयास गर्नुपर्छ ।
क्यान्सर लाग्न नदिन गर्न सकिने केही टिप्स–

-धूमपानबाट सधैं टाढा रहने।

-मद्यपानको प्रयोग नगर्ने

-नियमित शारीरिक व्यायाम गर्ने।

-वातावरणीय प्रदूषणबाट टाढा रहने।

-जीवनशैलीलाई व्यवस्थित गर्ने

-मोटोपना हुन नदिने

-आराम गर्ने कम्तीमा ६ देखि ८ घण्टा सुत्ने

-मानसिक तनावबाट टाढा रहने

-केही लक्षण देखिएमा चिकित्सकको सल्लाह लिइ हाल्ने

-रोग लागेमा उपचारमा ढिलाई नगर्ने

(ह्याम्स अस्पतालमा कार्यरत डा शाही क्यान्सर रोग विशेषज्ञ हुन्।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।