खराब कोलेस्ट्रोल घटाउने ओखर

हेल्थ टिभी अनलाइन : कोलेस्टेरोल मुटु रोगको एउटा प्रमुख कारण हो। नियमित व्यायाम गरेपनि खानपान स्वस्थ छैन भने शरीरमा खराब कोलेस्टेरोलको मात्रा बढ्छ। यसलाई नियन्त्रित गर्न खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ। केही खानाले कोलेस्टेरोललाई नियन्त्रित राख्न सहयोग गर्छ र त्यस्ता खानाको साइडइफेक्ट पनि हुँदैंन। त्यसमध्ये एक हो ओखर ।
ओखर
ओखरमा ओमेगा ३ र मोनो स्याचुरेटेड फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ। ओखर खानाले १५ प्रतिशतसम्म कोलेस्टेरोल नियन्त्रण गर्न सकिन्छ भन्ने विभिन्न अध्ययनले देखाएको छ । यसले शरीरको सूजन पनि निको पार्न सहयोग गर्छ । शरीरको रक्तसन्चार प्रक्रियामा पनि यसले सुधार गर्न सहयोग गर्छ । ओखरमा ओमेगा ३ का अलावा भिटामिन बी कम्प्लेक्स र भिटामिन इ पनि प्रचूरमात्रामा पाइन्छ। त्यसैले ओखर तिहार जस्ता चाडबाडमा मात्र हैन् नियमित खाँदा स्वास्थ्यलाई फाइदा पुराउँछ ।
यसैगरी ओलिभ आयल पनि कोलेस्ट्रोल कम गर्ने खानामा पर्छ । यो तेल मोनोस्याचुरेटेड फ्याटको सबैभन्दा राम्रो स्रोत हो। यसले पनि शरीरको सूजन कम गर्न सहयोग गर्छ र कोलेस्टेरोलको लेभल पनि कम गर्छ। यदि मुटुका लागि स्वस्थकर खानाको बारेमा चिन्तित हुनुहुन्छ भने ओलिभ आयल सेवन महत्वपूर्ण हुन्छ। यसलाई खाना पकाउने हिसाबले मात्र होइन, सलादको रुपमा पनि खान सकिन्छ। यसैगरी सुन्तलाको रस पनि कोलेस्टेरोल नियन्त्रण गर्ने विशेष प्रकारको सुपरफुड हो। सुन्तलाको जुसलाई बिहान ब्रेकफास्टमा लिन सकिन्छ। यो भिटामिन सीको सबैभन्दा राम्रो स्रोत हो। यसका अलावा यसमा म्याग्नेसियम, भिटामिन बी कम्प्लेक्स, भिटामिन ए र पोटासियम भरपूर मात्रामा पाइन्छ। एक अनुसन्धानअनुसार सुन्तलाको जुस नियमित रुपमा पिउनाले कोलेस्टेरोलको लेभललाई नियन्त्रित गर्न सकिन्छ।
यसैगरी डार्क चकलेटमा हुने एन्टिअक्सिडेन्टले कोलेस्टेरोल नियन्त्रण गर्न सघाउ पु¥याउँछ । ग्रीन टीमा हुने एन्टिअक्सिडेन्ट तत्व कोलेस्टेरोल घटाउन उपयोगी हुन्छ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल