Health TV Online

भान्साको औषधि : बेसार

भान्साको औषधि : बेसार

हेल्थ टिभी अनलाइन : हाम्रो भान्छामा कहिल्यै नछुट्ने वस्तु हो बेसार। खानालाई आकर्षक र स्वादिष्ट बनाउने कारण दाल, तरकारी र अचारमा मसलाको रूपमा बेसार प्रयोग हुन्छ। यसको गानोलाई औषधी एवं मसलाको रूपमा प्रयोग गरिन्छ।

विभिन्न अध्ययनले बेसार स्वास्थ्यका लागि ज्यादै उपयोगी भएको देखिएको छ। बेसारमा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, करक्युमिन, भिटामिन ‘ए’ बाहेक गम, स्टार्च, क्यान्सियम आदि तत्त्व पनि पाइन्छ। यी तत्त्व स्वास्थ्यका लागि ज्यादै फाइदाजनक छन्।

यसमा पाइने रासायनिक तत्व ‘करक्युमिन’ एन्टि अक्सिडेन्ट, एन्टि इनफलामसेन ९सुजन हुनबाट रोक्न० का लागि प्रभावकारी मानिएको छ। शरीरका कोषको आकारलाई बढ्न नदिने, क्यान्सर कोषहरूलाई अर्को अंगमा फैलिन नदिने मानिएको छ ।

रासायनिक तत्त्वका कारण उत्पन्न क्यान्सरमा पनि बेसारले सुरक्षात्मक भूमिका खेल्छ। यसले ब्याक्टेरियाविरूद्ध पनि प्रभावकारी भूमिका खेल्छ। बेसार मधुमेह, चर्मरोग, मूत्ररोग, शीतपित्तमा पनि उपयोगी मानिएको छ। आयुर्वेदको औाषधी पाचन अंगको समस्या, ग्यास एवं पीडा कम गर्न ,रक्तस्तम्भकको रूपमा र पिसाबमा रगत देखिने, रक्तअल्पता, बाथजस्ता समस्यामा प्रयोग हुन्छ।

छालाको रोगहरूमा बाह्य एवं आन्तरिक प्रयोगको लागि पनि त्यत्तिकै प्रभावकारी मानिएको छ। बेसार कोलेस्ट्रोल कम गर्न पनि प्रभावकारी देखिन्छ। साधारणतया ३–५ ग्राम प्रतिदिन खाना वा अन्य पेय पदार्थमा राखेर प्रयोग गर्न सकिन्छ। स्वरस १०–२० मिलिग्राम, चूर्ण १–३ ग्राम प्रयोग गर्न सकिन्छ।

बेसार प्रयोग गर्दा मृगौला पित्तथैलीको पत्थरी हुनेहरूले ख्याल गर्न जरुरी छ। किनकि यसमा अत्यधिक मात्रामा क्याल्सियम हुन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर