यात्रामा निस्किँदा बोक्नैपर्ने प्राथमिक उपचारका सामग्री

हेल्थ टिभी अनलाइन : तपाइँ हामी विभिन्न काम विशेष तथा घुम्न देश विदेश गइरहन्छौँ। यसरी घुम्न जाँदा धेरै कुरा याद गर्नुपर्ने हुन्छ। त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण हो, आफूलाई चाहिने औषधि।
हामी देशभित्र होस् या बाहिर जाँदा आफूले खाने औषधि साथमा लिएर जान बिर्सिन हुँदैन। घुम्न जाने ठाउँको मौसम र वातावरण जानी राख्नुपर्छ। वातावरणका कारण पनि बिरामी पर्न सक्ने सम्भावना हुन्छ। त्यसलाई मध्यनजर राख्दै त्यही बमोजिम योजना बनाउनुपर्छ।
यात्रामा निस्किँदा मौसम,वातावरण र खानेकुरा नमिलेर पनि बिरामी पर्ने सम्भावना हुन्छ। त्यसैले पनि यात्रामा निस्कदा हातखुट्टा दुख्ने, ज्वरो आउने,रुघाखोकी लाग्ने हुनसक्छ। त्यसै पनि प्राथमिक उपचारका सामग्री बोकेर हिँड्नुपर्छ।
खाना नमिल्दा पनि समस्या आउन सक्छ यस्तो अवस्थामा डाइजिन अथवा खाना पचाउने औषधि साथमा राख्दा राम्रो हुन्छ। आफूले नचिनेको ठाउँमा औषधि भेटिन्छ वा भेटिँदैन थाहा हुँदैन। त्यही ब्राण्डको औषधि नभेटिन पनि सक्छ। यात्रामा निस्किँदा यस्ता कुरामा ध्यान पुर्याउन सके यात्रा स्वस्थकर र सुखमय बन्न सक्छ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल