झाडापखाला र हैजाबाट बच्न उमालेकाे पानी !

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा गर्मी मौसममा विभिन्न खालका रोगहरु देखा पर्छन । झन मनसुन सुरु भएपछि त दूषित पानीका कारण झाडापखाला, हैजा, टाइफाइड लगायतका रोगहरु बढी देखा पर्ने हुन्छ । सामान्य सावधानीबाट नै जोगिन सकिनेभए पनि सतर्कता अपनाउन नसक्दा हरेक वर्ष यी रोगका बिरामी फेला परिरहेका हुन्छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीसँगै बढेका बिरामीको संख्यालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।मन्त्रालयले खानेपानी, खानाको गुणस्तरमा ध्यान दिन तथा व्यक्तिघर सरसफाइमा ध्यान दिन आग्रह गरेको छ।
झाडापखाला तथा हैजाबाट बच्नका लागि यी उपायहरु अपनाउन सकिन्छ ।
-पानी सधैं उमालेर मात्र पिउने
-बासी, सडेगलेका खानेकुरा नखाने
-आज पकाएका खानेकुुरा आज मात्रै खाने
-खानालाई बाहिर राख्दा तथा फ्रिजमा राख्दा छोपेर राख्ने
-साबुन पानीले हात धोइरहने तथा सरसफाइमा ध्यान दिने
-हरिया सागसब्जी तथा फलफूल सफा पानीले पखालेर मात्र प्रयोग गर्ने
यसैगरी डेंगुबाट बच्नका लागि भने सधैं सुत्दा झूलको प्रयोग गर्ने, घर वरपर पानी जम्न नदिने, झ्याल ढोकामा जाली राख्ने जस्ता कार्य गर्न सकिन्छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल