यसरी पाउनुस् धूम्रपानको कुलतबाट छुटकारा

हेल्थ टिभी अनलाइन : धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ। यो कुरा सबैलाई थाहा छ तर, शिक्षित व्यक्ति नै धूमपान गरिरहेको भेटिन्छन्।
चुरोट तथा सुर्तीजन्य पदार्थमा निकोटिन, टार जस्ता स्वास्थ्यलाई हानि पुर्याउने रसायन पाइन्छ। यसको बानी प्राणघातक सावित हुन सक्छ।
तपाईँसँग इच्छाशक्ति छ भने धूमपान वा सुर्ती छाड्ने थुप्रै तरीका छन्–
तलतल लागेमा लामो श्वास लिएर आफ्नो ध्यानलाई अन्यत्र मोड्ने कोसिस गर्नुहोस्।
तलतल बढी नै लाग्यो भने प्रशस्त पानी र फलफूलको जुस पिउनुहोस्।
आफूलाई सकेसमम व्यस्त राख्नुहोस्।
दिमाग एकोहोरो भएका बेला धूमपान गर्न मन लाग्ने भएकोले मनपर्ने गीत सुन्ने, पुस्तक पढ्ने वा अन्य मन लाग्ने कृयाकलाप गर्नुहोस्।
लत लागेका तीनचार जनाले एकैचोटि धूमपान त्याग्ने निधो गरेमा सम्भव हुन्छ। लतलाई एकाएक त्याग्नुस्। भोलि या पर्सि छोड्छु भनेर दिन हेरेर नबस्नुस्। यसो गरे कहिले पनि धूमपान त्याग्न सकिँदैन।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल