जाडोमा आगो ताप्दा तथा हिटर बाल्दा अपनाउनुपर्ने सावधानी

हेल्थ टिभी अनलाइन \काठमाडौं : जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने तथा गिजरको प्रयोग गर्ने गरिन्छ । तर यसरी जाडोबाट बच्न गरिने उपायहरुमा सावधानी अपनाइएन भने ज्यानै समेत जान सक्छ । जाडो यामसँगै आगलागी तथा हिटर वा गिजरबाट हुने दुर्घटनाका घटना बाहिर आउने गर्छन । त्यसैले यस्ता उपाय अपनाउँदा विशेष सावधानी अपनाउन जरुरी हुन्छ ।
आगो बाल्दा, हिटर ताप्दा तथा गिजरको प्रयोग गर्दा प्रयाप्त मात्रामा हावा ओहोरदोहोर गर्ने कोठामा मात्र प्रयोग गरौं । झ्याल ढोका पूरै बन्द गरेर आगा ताप्ने नगरौं । यसका साथै कोइला जन्य पदार्थबाट आगो नतापौं । आगो ताप्दा छिटो बल्ने कागज, कपडा जस्ता वस्तु आगो तथा हिटरको नजिक नराखौं । साथै आगो तापिसकेपछि आगोलाई पूर्ण रुपमा निभाऔं ।
हिटरको प्रयोग गर्दा एकैपटक लामोसम्म हिटर बाल्ने भन्दा पनि समय समयमा एक छिनका लागि बन्द गर्ने र फेरि अन गर्ने गरौं । आफू सुत्नुअििघ अनिवार्य रुपमा हिटर बन्द गर्ने गरौं । गिजरको प्रयाृग गर्दै हुनुहुन्छ भने मुख्य मेशिनलाई बाथरुम बाहिर खुला ठाउँमा राखौं ।
गिजर खोलेर लामोसमयसम्म बाथरुममा नबसौं । गिजरबाट तातो पानी भाडामा थापेर गिजर बन्द गरेर नुहाउँदा अझ राम्रो । यस्तो सावधानी सबैले अपनाउन जरुरी हुन्छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल